‘अवसरको नाकाबन्दी’ तोड्ने मौका
स्थानीय चुनावको मिति घोषणापछि सबैभन्दा बढी उत्साही कोही छन् भने ती गाउँ–गाउँका महिला अगुवाहरू नै हुन् जो यतिञ्जेल जनताले होइन पुरुष नेताले अवसर छेकिदिँदा पछि परेको अनुभवमा छन् ।
स्थानीय चुनावको मिति घोषणापछि सबैभन्दा बढी उत्साही कोही छन् भने ती गाउँ–गाउँका महिला अगुवाहरू नै हुन् जो यतिञ्जेल जनताले होइन पुरुष नेताले अवसर छेकिदिँदा पछि परेको अनुभवमा छन् ।
बन्द छिचोल्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो 'लुम्बिनी पिस म्याराथन' सम्पन्न भएको छ। आइतबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा समापन गरिएको म्याराथन मा नेपाली सेनाका होमलाल श्रेष्ठले दुई घण्टा २२ मिनेटमा ४२.१९५ किलोमिटर पूरा गरेर विजेता घोषित भए।
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत सोमबार सप्तरीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मध्ये थप एक जनाको शुक्रवार मृत्यु भएको छ ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर, आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्।
भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। शुक्रबार धनगढीमा सयौंको संख्यामा जम्मा भएका युवाहरु भारतीय नाका गौरीफन्टा पुगेका छन्।
नेकपा एमालेको मेची- महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा गोली चल्दा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। यो संगै सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
एमालेको पूर्वघोषित कार्यक्रम ‘मेची–महाकाली अभियान’ फागुन २१ शनिबार काँकडभिट्टाबाट सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले बिथोल्ने चेतावनी दिएको थियो। सोहीअनुरुप सप्तरी मोर्चाले बिहीबारेदेखि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो।
सप्तरीको मलेठ गाविस यतिखेर शोकमग्न छन्। सोमवार राति देखिनै गाउँलेहरु मलिन मुद्रामा देखिएका छन्। सोमवार मात्रै मधेसी मोर्चा र प्रहरीबीच भएको झडमा प्रहरीको गोलीले यस गाउँका दुई जनाको ज्यान गएपछि यतिखेर सिंगो गाउँ नै शोकमा डुवेको हो।
संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको भन्दै वीरगन्जमा विरोध भएको छ। मधेसी मोर्चाले अह्वान गरेको आन्दोलनलाई सफल बनाउन अह्वान गर्दै मोर्चामा आबद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका कार्यकर्ताले वीरगन्जमा प्रदर्शनसहित प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।
कुवेतस्थित नेपाली दूतावासले डेढ वर्षयता कुवेतमा काम गर्दागर्दै मृत्यु भएका नेपालीले क्षतिपूर्तिस्वरूप पाएको पाँच करोड रुपैयाँभन्दा बढी रकम परराष्ट्र मन्त्रालयलाई पठाएको छ।
भियतनामको उत्तरी क्षेत्रमा पर्ने चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ। अन्य १० जना सिकिस्त विरामी भएका छन्।
भारतले नेपालमाथि पछिल्लो पटक गरेको नाकाबन्दीदेखि सीमापारी रक्सोलमा थन्किएको विभिन्न कागजात तथा चिठ्ठीपत्र (डाँक/पार्सल) झण्डै डेढ वर्षपछि नेपाल भित्रिएको छ।
आइतबार बेलुकी ५ बजेदेखि दार्चुलाका भारतसँग जोडिएका सीमा नाकाहरु शिल गरिएका छन्। फ्रेवुअरी १५ अर्थात फागुन ४ गते सीमावर्ती भारतीय उत्तराखण्ड राज्यमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नाका ३ दिन सम्मका लागि बन्द गरिएको हो।
कश्मीरको जोखिमपूर्ण क्षेत्रमा नेपालीको उपस्थिति धेरै छ। अर्मजा कश्मीर क्षेत्रमा भारतीय सेनाले सुरु गरेको अपरेसनमा पनि सहभागी थिए।
अठार वर्षअघि कास्कीमा भएको हत्या प्रकरणका एक दोषीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इन्टरपोलको सहयोगमा साउदी अरबबाट पक्राउ गरेको छ।