१४ आश्विन २०८१ सोमबार
image/svg+xml

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।

मौद्रिक नीतिको असरः सेयर बजारमा पहिरो

साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको तुलनामा एक सय आठ अंकले घटेर दुई हजार आठ सय १८ बिन्दुमा झर्‍यो। जुन पछिल्लो नौ महिनाकै सर्वाधिक गिरावट हो।

सेयर बजार ओरालो लागेपछि लगानीकर्ताले मागे गभर्नरको राजीनामा

लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।

कर्जा सीमाले सेयर बजार प्रभावित

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक परिसूचक नेप्से करिब २५ बिन्दुले घटेको छ।

स्थानीयवासीलाई आठ करोडको सेयर बाँड्दै मोलुङ हाइड्रो

कम्पनीले आफ्नो जारी पूँजी र ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख पचास हजार बराबरको सेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए।

सेयरमा बैंकको लगानी ९४ अर्बमाथि

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबै वाणिज्य बैंकहरूले ८१ अर्ब ६१ करोड २० लाख रूपैयाँ तथा विकास बैंकहरूले १० अर्ब १८ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५४ करोड ८० लाख रूपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन्।

निषेधाज्ञामा रोकिएको पठाओको सेवा आजदेखि पुनः संचालन

कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै आजदेखि पुनः सुचारु भएको छ।

नेपाल इन्स्योरेन्सले क्रेडिट एन्ड कमर्स बैंकको सेयर बेच्ने

संस्थाले जारी गरेको सूचना अनुसार सेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक सय ४० रूपैयाँ तोकिएको छ। बोलकबोलबाट संस्थापक सेयर किन्न इच्छुकले न्यूनतम हजार कित्ताका लागि आवेदन दिनुपर्ने जनाइएको छ।

सातामा ८३ अर्बको सेयर कारोबार

लगानीका अन्य स्रोतमा समस्या आएको तथा कोरोनाले बजार तथा व्यवसायसमेत बन्द भएकाले सेयर बजार नयाँ उचाइमा पुगेको जानकारहरूको टिप्पणी छ।

सेयरमा सतर्कता

सेयर कारोबार बढेसँगै दोस्रो बजारमा अनेकन विकृति पनि सुरु भएका छन्। पछिल्लो समय बजारमा विभिन्नखालका चलखेल गरिएका गुनासा नियमनकारी संस्था धितोपत्र बोर्डमा आइरहेका छन्।

अर्थतन्त्रका सूचक खस्किए पनि सेयरमा उत्साह

पहिलो लहरको कोरोना महामारी सुरु हुनेताका (२०७६ चैत) ११२० वरिपरि घुम्ने गरेको सेयर मापक परिसूचक नेप्से बिहीबार २९४४.७८ बिन्दुमा पुग्यो।

बेलगाम सेयर बजार, नेप्से २९०० माथि

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका निकायले सेयर बजारलाई प्रभावित हुने गरी नीति अघि सारे पनि सेयर बजार परिसूचक नेप्से बेलगाम बढिरहेको छ। निरन्तर सेयर वृद्धि भइरहँदा साताको पहिलो कारोबार आइतबार नेप्से ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ। जुन अहिलेसम्मकै उच्च बिन्दु हो। यसअघि नेप्सेले गत साताको अन्तिम कारोबार बिहीबार नयाँ रेकर्ड बनाएको थियो।

कोरोना महामारीमा किन बढिरहेको छ सेयर बजार ?

कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्पजस्तै भएको र अर्कोतर्फ राजनीतिक अन्योलता बढेको बेला नेप्सेले नयाँ रेकर्ड बनाउनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन्।

महामारीबीच सेयर बजारमा प्रगति

कोरोना महामारीले मानवीय जनजीवन तथा समग्र अर्थतन्त्र आक्रान्त भइरहेको बेला सेयर बजार भने दिनहुँ उकालो लाग्ने क्रम जारी छ। आइतबार ५४ अंकले बढेको सेयर बजार मापक परिसूचक नेप्से सोमबार पनि बढेको छ।

सेयर बाँडफाँटको नतिजा हेर्न नयाँ वेब पोर्टल

कम्पनीले आइपिओरिजल्ट डट सिडिएससी डट कम डट एनपी नामको वेब पोर्टल सञ्चालनमा ल्याएको हो।सार्वजनिक निष्कासनको बाँडफाँट नतिजा मात्र राखिने हुँदा यो सुरक्षित र छिटो छरितो हुने कम्पनीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्