१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ। लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा आउँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर यो हप्तादेखि कारोबारमा आउने भएको छ। बैंकको सेयर सूचीकरणका लागि नेप्सेमा पुगिसकेको जनाइएको छ। नेप्सेमा यही हप्ता सूचीकरण गरेर कारोबारमा आउने तयारी रहेको छ।

बैंकबाट ऋण लिँदै सेयरमा लगाउँदै

अघिल्लो दिन ६५ बिन्दुले बढेको पुँजी बजार परिसूचक मापक नेप्से बुधबार २४६६.९२ बिन्दुमा कायम भयो। नेप्से सोही दिन २५०० बिन्दु पार गरेर पुनः २४६६.९२ बिन्दुमा झरेको हो।

सिङ्गटी हाइड्रोपावरमा शेयर हाल्ने समयावधि थप

दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको शेयर हाल्ने समयावधि थप गरेको छ ।

नेप्से ३७.७० ले बढ्यो

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७.७० अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई हजार ४०८.२४ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अङ्कले बढेर ४३७.२८ मा पुगेको छ।

३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण

हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ।

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ। आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ।

बैंकहरूलाई सेयर ब्रोकर लाइसेन्स दिन माग

लामो समयदेखि बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिनुपर्ने माग पुनः उठेको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर यस्तो माग दोहोर्‍याएको हो।

सेयरमा सफलता

राजनीतिक अस्थिरता भएको मुलुकमा लगानीको वातावरण बन्दैन । अस्थिरतामा न विदेशीहरू लगानी गर्न आउँछन् न त स्वदेशी लगानीकर्ताको मनोबल नै बढछ । अस्थिरताभर लगानीकर्ताको सोच ‘पर्ख र हेर’ को अवस्थामा हुन्छ । लगानी गर्नु जोखिम हो तर अस्थिरतामै लगानी गरेर थप जोखिम मोल्न कोही तयार हुँदैन । गएको पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा राजनीतिक अस्थिरता सुरु भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा अहिले अदालतमा छ ।

बजार पूँजीकरण २९ खर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३६ विन्दुले ओरालो लागेको छ। आइतबार उछाल आएको बजारमा आज झिनो अङ्कले नेप्से ओरालो लागेको हो।

संसद् विघटनले सेयर बजारमा पहिरो

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजारमा पहिरो गएको छ। बजार खुल्नुअघि नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको खबर सार्वजनिक भएको थियो। त्यसपछि सेयर बजारमा गिरावट आउन थालेको थियो। ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनावको तिथि तोकेपछि सेयर परिसूचक नेप्सेमा झनै गिरावट आयो।

नेप्सेमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४६.४३ विन्दुले उकालो लागेर दुई हजार १०.४५ मा पुगेको छ।

बजार पूँजीकरण २७ खर्ब नजीक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरण झण्डै रु २७ खर्ब बराबरको भएको छ। शेयर बजारमा बजार पूँजीकरणको ठूलो महत्व रहन्छ।

१२३ बिन्दुले घट्यो सेयर बजार

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै भएको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा ‘नेगेटिभ सर्किट’ लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्