७ वैशाख २०८१ शुक्रबार
अर्थ

निषेधाज्ञामा रोकिएको पठाओको सेवा आजदेखि पुनः संचालन

कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै आजदेखि पुनः सुचारु भएको छ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार राइड संचालन गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए। कोभिडको पूर्ण नियन्त्रण नभएको समयमा सकेसम्म घरमै बसेर सावधानी अपनाउन बस्न्यात सुझाउँछन्।  

उनी थप्छन् 'अत्यावश्यक काममा निस्कनै पर्दा आफ्नो सवारी नहुने ब्याक्तीहरुको लागि पठाओ सुरक्षीत बिकल्प हुन सक्छ। भिडभाड नहुने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने भएकाले यात्राका लागि पठाओ सहज हुन सक्छ।'

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले 'पठाओ बजार' पनि सुरु गरेको छ। सामान अर्डर गरेको एक घण्टामै होम डेलिभरी दिने गरि जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ।

प्रकाशित: ८ असार २०७८ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App