२३ वैशाख २०८१ आइतबार
image/svg+xml

भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न कांग्रेसको सरकारसँग माग

नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेको छ।

म्याग्दीका छात्राको प्रधानमन्त्रीलाई पत्रः भागरथीका हत्यारालाई कारबाही गरिदिनुस्

देशका विभिन्न जिल्लामा बलात्कारपछि कलिला बालिकाको हत्या हुन थालेपछि आफूहरूले पनि असुरक्षित महसुस गरिरहेको भन्दै ती बालिकाले प्रधानमन्त्रीलाई गुनासो सुनाउँदै प्रजिअ समक्ष सुरक्षाको माग गरेका छन् ।

भागरथी हत्याको आठौं दिनः दोषी अझै पत्ता लागेन, ठाउँठाउँमा प्रदर्शन

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा एक साता बित्दा पनि पत्ता लाग्न सकेको छैन। भागरथीको बलात्कार र हत्या अनुसन्धानमा प्रहरी अझै अन्योलमा छ। प्रहरीले अपराधी पत्ता लाग्ने कुनै ठोस प्रमाण भेटाउन सकेको छैन।

भागरथीको न्यायका लागि प्रदर्शन चर्कदै, अनुसन्धान साँघुरिदै गएको प्रहरीको दाबी

भगरथीको हत्या भएको एक बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि निर्मला पन्तजस्तै भागरथीले न्याय नपाउने हो कि भनेर आफन्त र स्थानीय चिन्तित् बनेका छन्।

सात दिनसम्म अस्पतालमै शव (अपडेट)

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको ७ दिन भएको छ । बलात्कारपछि हत्या गरिएकी उनको शव अझै जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

भागरथी हत्या प्रकरण : दोषी उम्कने स्थानीयको चिन्ता

माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या र बलात्कारमा संलग्नको पहिचान हुन सकेको छैनन। प्रहरीले आफ्ना अनुसन्धानका सबै सयन्त्र प्रयोग गरेको छ।

भागरथी भट्ट हत्या प्रकरण : दोषीलाई कानुनको दायरमा ल्याउन विवेकशील साझाको आग्रह

विवेकशील साझा पार्टीले भागरथी भट्ट हत्याकाण्डको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न आग्रह गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनको दायरमा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायलाई अनुरोध गरेको छ।

भागरथीको बलात्कारपछि हत्या

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्