६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सात दिनसम्म अस्पतालमै शव (अपडेट)

भागरथी हत्या प्रकरण

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको ७ दिन भएको छ । बलात्कारपछि हत्या गरिएकी उनको शव अझै जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनको अडानका कारण हत्या भएकोसात दिन भैसक्दा पनि उनको अन्त्यष्टी हुन सकेको छैन ।  सोमबार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले भट्टको शव बुझ्न परिवारजनसँग आग्रह गरेको थियो । तर मृतकका आफन्तले भने शव बुझ्न अस्वीकार गरेका छन् । घट्नाको ७ दिनबित्दा पनि हत्यारा पक्राउ नपरेकाले न्याय नपाउँदासम्म शव नबुझ्ने भागरथीका काका शंकर भट्टले बताए । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । ‘निर्मलाको जस्तै अपराधी उम्किने चिन्ताले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने भनेका हौं’उनले भने । शवलाई काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । शव बिग्रने  भएकाले सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए ।

आफन्तलाई शव बुझ्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । घटनाको छानबिनको लागि आवश्यक रिपोर्ट चिकित्सकले लिइसकेकाले शव बुझ्न आग्रह गरेको प्रजिअ जोशीले बताए । आफन्तले शव बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारीले जिल्लास्थिति राजनीतिक दलहरुसँग समन्वय गरिदिन आग्रह समेत गरेका छन् ।

बलत्कार र हत्या भएको दिनहरु बढ्दैजादाँ निर्मला पन्त जस्तै भागरथीको हत्या पनि रहस्यमै रहने अपराधीले उन्मुक्ती पाउने कुरामा आफन्त र स्थानिय निराश बनेका छन । छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउने बिश्वासमा रहेका आफन्त भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषी पक्राउ नपर्दा निरास भएका छन । कञ्चनपुरकी निर्मला पन्तकै अवस्था दोहोरिने चिन्ता आफन्तले गरेका छन् । ‘अनुसन्धान टोलीको संक्रियता हेर्दा छिट्टै छोरीको हत्यारा पत्ता लाग्ने विश्वास थियो,’ भागरथीका काका शिवराज भट्टले भने । छोरीको हत्यारा पत्ता नलाग्दा भागरथीकी आमा द्रोपति सवैभन्दा बढी चिन्तामा छिन् । वीभत्स तरिकाले छोरीको हत्या गर्नेलाई कानुनी कारबाही भएको हेर्ने इच्छा उनको छ । दुई महिना अघि पति बियोगमा परेकी उनी झन छोरीको यो अवस्थाले  अर्धचेतमा छिन् ।‘छोरीको हत्यारा पत्ता नलागेसम्म मलाई पनि शान्ती हुदैन, मेरो छोरीको आत्माले पनि शान्ती पाउदैन ।’ प्रहरीले अनुसन्धान सकरात्मक तर्फ अघि बढेको बताएपनि अहिले सम्म हत्यारा पत्ता लगाउने ठोस प्रमाण प्रहरीले पाउन सकेको छैन । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रबक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले अनुसन्धान सकरात्मक रुपमा अघि बढीरहेको बताए । घटनास्थलमा फेला परेका सवै प्रमाणहरुको बिश्लेष्ण भैरहेको उनले बताए ।

गत बुधवार २ बजे बिद्यालयको पढाई सकेर घर फर्कने वेला उनी वेपत्ता भएकी थिइन् । दोश्रो दिन साँझ बिद्यलाय र घरको बिचमा वाटोवाट करिव ५० मिटर तल लवलेक सामुदायिक वनको बलत्कार गरि हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । बिद्यालय नजिकैको बजार खोचलेक बजारमा उनलाई २ बजे स्थानियले देखेका थिए । बिहिवार साँझ बिद्यालय वाट घर फर्कने वेला चडेपानीका ३ बिद्यार्थीले बाटो छेउ तल मृत अवस्थामा भागरथी देखेका थिए । तल्लो शरिर निर्वश्त्र, यौनांगमा रगत बगेको, हात काटिएको, शरिरभरी निलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।  

प्रकाशित: २८ माघ २०७७ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App