coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

राप्रपाको मेची–महाकाली यात्रा चैत १ गते काठमाडौंमा समापन हुने

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको देशव्यापी मेची महाकाली यात्रा चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा समापन हुने बताएको छ।

प्रधानमन्त्री ओलीकाे राैतहटबाट गुनासो : मधेसविरोधी सुन्नुपर्दा दुःख लाग्छ

तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका छन्।

यस्तो देखियो विप्लवको आमसभा (फोटो फिचर)

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा आमसभाको आयोजना गरेको छ। प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सम्बोधन गरेको सभामा हजारौको सहभागिता थियो। प्रदर्शनीमार्गमा आयोजित आमसभामा सहभागी हुन पार्टीका नेता कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट -यालीसहित आएका थिए।

विप्लवको आमसभालाईबारे सरकारको निगरानी

अर्धभूमिगत नेत्रविक्रम चन्द समूहले शनिवार गर्न लागेको आमसभाप्रति सुरक्षा निकायले चसो दिदै निगरानी शुरु गरेका छन्। सरकारले वार्ता टोली गठन गरेपछि सो समूहप्रति नरम बनेको भएपनि वार्तामा वस्न आनाकानी गर्दा शनिवार हुने आमसभालाई सुरक्षा निकायले चासो व्यक्त गरेका हुन।

काँग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्।

आमसभा भन्दा घरदैलोलाई प्राथमिकता

निर्वाचनको मिति नजिंकिदै गर्दा सिन्धुलीका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन्। मतदातामाझ आश्वासन र आफ्ना एजेण्डा बाड्दै आफुतिर मत तान्नका लागि दलहरु सहरभन्दा गाँउकेन्द्रित छन्।

ओली सहभागी आमसभा स्थल नजिकै बम बिष्फोट

एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घोराहीको चुनावी आमसभा स्थल नजिकै बम बिष्फोट भएको छ। आमसभालाई सम्वोधन गरेर ओली बाहिरिएको केहीबेरमा उक्त स्थलको दुईसय मिटरको दूरीमा बम बिष्फोट भएको हो। प्रहरीका अनुसार त्यहाँ सुतली बम बिष्फोट भएको हो।

बाम गबन्धनले ठूला आमसभा नगर्ने

नेकपा एमालेले सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई अजेन्डा बनाई जनतासँग भोट माग्ने भएको छ । नेकपा माओवादी केन्द्रसँग गठबन्धनमात्रै नभएर पार्टी एकीकरणका लागि समेत चुनावी अभियानलाई प्रयोग गर्ने तयारीमा एमाले छ ।

नेमकिपा छाडेका धिताललाई प्रचण्डले दिए आमसभाबाटै टिकट

नेपाल मजदुर किसान पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पूर्ण प्रसाद धिताललाई जुम्ला सिजामा आयोजित आम सभामै प्रचण्डले टिकट दिएका छन् । आगामी मंसिर १० गते हुने प्रदेशसभाको चुनावको लागि जुम्ला क्षेत्र नम्बर २ मा धिताललाई माओवादी केन्द्रमा प्रवेश गरे लगत्तै टिकट दिइएका हुने । उनले भने, जुम्ला क्षेत्र नम्बर दुईका लागि पुर्ण प्रसाद धितालले नै टिकट पाउने भएकोले निर्वाचनमा अत्याधिक बहुमतले विजयी गराउन नेता कार्यकर्ता र जनतालाई निर्देशन गर्दछु ।

'आमसभा र जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न आग्रह'

शान्तिपूर्ण तरिकाले आमसभा र जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सम्बन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ। ४ जनाको ज्यान जानेगरी भएको सप्तरी घटनामा प्रतिपक्ष दल एमालेको आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध पुर्‍याएको प्रसङ्ग उल्लेख गर्दै चुरे भावरले सो आग्रह गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्