दुई वर्षभित्र साक्षर नेपाल बनाइने : शिक्षामन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र साक्षर नेपाल बनाइने बताएका छन्।प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८ औं वार्षिकोत्सव समारोहलाई साेमवार सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन आग्रह समेत गरे।