१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘कृषिमा सरल कर्जाको व्यवस्था गर’

नेपाल राष्ट्र बैंक मौद्रिक नीति निर्माणमा जुटिरहेका बेला सरोकारवालाले कृषि उत्पादन बढाउन सरल ऋणको व्यवस्था हुनुपर्ने बताएका छन्।

बेसार फलाउने योजना छैन, खाने मात्रै कुरा

मसला बाली विकास कार्यक्रमका प्रमुख युवराज पाण्डेय भने पछिल्लो समय अदुवा, बेसार लगायत मसला बालीमा आकर्षण बढ्दै गएकाले तीनै तहका सरकारले यसलाई प्राथमिकता दिएको बताउँछन्।

अनुदान रकम किसानकै खातामा

किसानले सरकारी निकायबाट पाउने अनुदानका कार्यक्रम झन्झिटिलो भएको गुनासोबीच बागमती प्रदेश सरकारले सहज रुपमा किसानलाई अनुदान दिएर कृषि उत्पादन बढाउन बृहत् प्याकेज ल्याएको छ । आगामि आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत झन्झटिलो अनुदानका कार्यक्रम अन्त्य गर्दै स्थानीय तहको साझेदारीमा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

किसानलाई वृहत प्याकेज

झन्झटिलो अनुदानका कार्यक्रमको अन्त्य गर्दै स्थानीय तहको साझेदारितामा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था

कृषि महिला सहकारीलाई निःशुल्क जग्गा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक दम्पत्तीले कृषि महिला सहकारी संस्थालाई जग्गा प्रदान गरेका छन् । हलेसी कृषि महिला सहकारी संस्थाको भवन निर्माणका लागि स्थानीय जगत बहादुर बस्नेत र बिन्दामायाँ बस्नेतले ५ आना निःशुल्क जग्गा प्रदान गरेका हुन् ।

बजेटमा कृषिलाई प्राथमिकता दिँदै स्थानीय तह

तनहुँका स्थानीय तह आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट निर्माणमा जुटेका छन् । संघीय र प्रदेश सरकारले बजेट प्रस्तुत गरेपछि स्थानीय तहले पनि बजेट ल्याउनुपर्ने प्रावधानअनुसार यतिबेला देशका अरु जिल्लाका जस्तै तनहुँका स्थानीय तह पनि बजेटको अन्तिम तयारीमा जुटेका हुन् ।

कृषिमा ७४ करोड वृद्धि

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७-७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । कृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ तीन अर्ब १६ करोड १० लाख विनियोजन गरिएको छ ।

पहुँचवालालाई तीन करोड कृषि अनुदान

कर्णाली प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवद्र्धन शिर्षकमा मन्त्रीका भाई,स्वकीय सचिव,सवारी चालक,दलका नेता तथा कार्यकर्तालाई झण्डै तीन करोड रुपैयाँ वितरणका लागि सम्वन्धित जिल्लामा पठाएको छ ।

कृषि बजेट कार्यान्वयनका चुनौती

संघीयतापछि गठन गरिएका प्रदेश स्तरीय कृषि र पशु ज्ञान केन्द्रहरू, स्थानीय तह अन्तर्गतका कृषि र पशु सेवा शाखाहरूमा पर्याप्त जनशक्ति, समन्वयको अभाव, प्राविधिक सामग्रीको अपर्याप्तताले गर्दा आफूहरूको भरोसाबाट सरकार हराएको अनुभव किसानले गरेको देखिन्छ ।

‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनामा नगरपालिका

‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनाको काम सुरु गरेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि सहकारीमा आवद्ध महिलाका लागि सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।

बीउबिजन (दोस्रो संशोधन) विधेयक पारित

सभाको आजको बैठकमा कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको हो ।

कृषि वैज्ञानिक बन्ने लक्ष्य छ

ममीले काँचो खाँदा पेट दुख्छ, खानु हुँदैन भनेर सम्झाउनुहुन्छ । त्यसो त नधोई कुनै पनि चीज खानु हुँदैन भनेर स्कुलमा गुरुमाले पढाएको कुरा पनि म सम्झन्छु । तर आफ्नो सफा करेसाबारीमा कुनै फोहोर र विषादी नभएको हुनाले काँचै खान नडराएकी हुँ । मलाई खेतीमा चासो पनि छ । भविष्यमा कृषि वैज्ञानिक बन्ने र देशको सेवा गर्ने लक्ष्य लिएकी छु ।

क्वारेन्टिनभित्रका किसानको पीडा : ‘सरकार ! खेत्वा जोत्नै रहगिल’

जेठको धूपमा हल गोरु खेतमा लहरै जोतिरहेका दृश्य यो बेला गाउँमा सहजै देख्न सकिन्थ्यो । तर, यसपालि भने असार लाग्नै लाग्दा पनि खेतमा किसान देखिएका छैनन् । प्रायः किसानहरू गाउँका स्कुलमा बनाइएका क्वारेन्टिनभित्र कैद भइरहँदा उनीहरूका खेतहरू अहिले बाँझै छन्

मकै जोनद्वारा विषादी वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मकै जोन गुल्मीले मकै किसानका लागि विषादी वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्