२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्वास्थ्य र कृषिमा बजेट बढ्यो

२०७७ साउन १ देखि भत्ता कटौती

सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि स्वास्थ्य र कृषिमा बजेट बढाएकाे छ । कृषिमा  ६० करोड बजेट विनियोजन गरेको छ ।   स्वास्थ्यमा ३ अर्ब २६ लाख ६६ लाख विनियोजन गरेको छ ।                       

कोभिड–१९ ले बेरोजगार भएकालाई कृषि क्षेत्रमा स्वरोजगार बनाउन र १५ करोड बजेट विनियोजन गरिएको छ । कृषि लागत घटाउन, मल बिउ तथा भन्सार शुल्कमा सहुलियतमा  ६ करोड, कृषि सिँचाइ तथा सिँचाइका लागि कृषि मिटर अनुदानमा  ३ करोड, कृषि बाली बिमा तथा प्रिमियमान र ६ करोड, पशु रोग नियन्त्रण तथा खोपमा  ४ करोड, साना डेरी उद्योगतर्फ  १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । सञ्चालनमा रहेका दुग्ध पदार्थ कार्यक्रम निरन्तरमा  २ करोड, पशु शिक्षा, कृषि यान्त्रीकरणमा  ५ करोड, विभिन्न स्थानमा कोल्ड च्याबरतर्फ  ५ करोड, पशुपालन तथा मत्स्यपालनमा ५० प्रतिशत अनुदान दिन  २ करोड बजेट विनियोजन गरिएको छ ।          

यसैगरी, कैलालीको टीकापुर र गोदावरी नगरपालिकामा पशु बधशाला बनाउन  १ करोड ४० लाख, एक तह, एक कृषि उपच भण्डारण तथा एकीकृत कृषि विकासमा  ८ करोड ९० लाख, सामूहिक गौशाला निमार्णका गर्न  १० करोड, भूमिहीनका ८० घर निमार्ण गर्न  ५ करोड, कैलाली र कञ्चनपुरमा १ हजार स्यालो ट्युबेल बनाउन र ५ करोड, पशु नश्ल सुधारमा र २ करोड बजेट छुट्याइएको छ ।         

गुठीका जग्गा व्यावसायिक उपयोगका लागि र २ करोड, उखुखेतीको व्यावसायिकताका लागि उपकरण व्यवस्था गर्न  १० करोड, सबै जिल्लामा एकीकृत बजार विस्तार र निरन्तरता गर्न  ५ करोड ४० लाखमध्ये पहाडका ७ जिल्लामा कृषि उत्पादन र प्रवद्र्धनका लागि  ५ करोड, बीउ स्रोत केन्द्र तथा चिस्यान केन्द्रमा  १० करोड, व्यावसायिक फलपूmल खेतीका लागि ३ करोड, खाद्य तथा पोषणका लागि कुखुरापालनमा  २ करोड, कृषि उद्यम विकास र पशुसेवा तालिम केन्द्रमा २ करोड ५० लाख, व्यवसाय दुग्ध प्रवर्द्धन, बाख्रापालनलगायतका लागि  २० करोड, दुग्ध ढुवानी तथा चिस्यानमा  ४ करोड र मत्स्य विकासमा  १५० हेक्टरमा माछा पोखरी निमार्ण गर्न र ६ करोड बजेट विनियोजन भएको छ ।         

प्रदेश सभाषद् कृष्ण चौधरीले कृषिलाई प्रोत्साहन हुने खालका कार्यक्रम बढ्नु सकारात्मक भएको बताए  । ‘कृषि नै हाम्रो आधार हो भन्नेमा बजेट देखिएको छ,’ उनले भने, ‘बजेट छुट्याइएको छ । अब कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ ।’  

आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले  ३३ अर्ब ३८ करोड १३ लाख ४८ लाखको बजेट सोमबार प्रदेशसभामा प्रस्तुत गरेका थिए । चालु खर्च  १४ अर्ब १८ करोड ७८ लाख ४८ हजार रहेको छ भने पुँजीगत खर्च  १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार छुट्याइएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन  २ अर्ब १३ करोड ५० लाख र वित्तीय व्यवस्थापनमा  ३० करोड विनियोजन गरिएको छ ।          

आम्दानीतर्फ आन्तरिक आय रु ६० करोड ७० लाख, राजस्व बाँडफाँड  ७ अर्ब ८७ करोड ३७ लाख, समानीकरण अनुदान  ८ अर्ब ७ करोड ६८ लाख, बचत  १० अर्ब ५९ करोड १० लाख, वित्त आयोगबाट  ७ करोड, प्रदेश सरकारको खर्च नभई बचत रहेको  १० अर्ब ५९ करोड ५६ लाख, सङ्घीय सरकारबाट सःसर्त अनुदान  ४ अर्ब ३९ करोड ३५ लाख, समपूरक अनुदान  १ अर्ब २६ करोड २९ लाख, विशेष अनुदान  ४० करोड ५० लाख र अन्य साझेदार निकायको बजेट प्रणालीमार्फत परिचालन हुने सहायता रकम  १ करोड ८९ लाख हुने अनुमान गरिएको छ ।           

बजेटमा –कोभिड १९ लाई लक्षित गरी टीकापुर अस्पतालसहित सात वटा जिल्ला अस्पतालमा १० शय्याको भवन निर्माण, औजार उपकरणका लागि  ५ करोड १५ लाख छुट्यायाइएको छ । सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर स्थापना एवं सञ्चालन गर्न र टीकापुर अस्प्तालमा सरुवा रोग अस्प्ताल र अनुसन्धान केन्द्र स्थापनाका लागि  ३ करोड बजेट विनियोजन गरिएको छ ।          

यस्तै, कोभिड–१९ लगायतका महामारी रोकथामका लागि टीकापुरसहित सात वटा अस्पतालका लागि  ७ करोड ५५ लाख बजेट छुट्याइएको छ । लम्कीस्थित सामुदायिक अस्पताललाई  १ करोड बजेट विनियोजन गरेको छ ।   

भत्ता कटौती      

सुदूरपश्चिम प्रदेशले कोरोना रोगको रोकथामका सन्दर्भमा अग्रपंक्ति रहेर काम गर्ने कर्मचारीबाहेक अरुलाई प्रदान गरिने प्रोत्साहन, अतिरिक्त समय, बैठक, जोखिम भत्ता २०७७ साउन १ देखि खारेजगरेको छ ।

प्रकाशित: २ असार २०७७ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App