२२ वैशाख २०८१ शनिबार
image/svg+xml

पुस्तकालय परिचर्चा

समितिले इतिहांसविद् त्रिरत्न मानन्धर र दिनेशराज पन्तसँग सल्लाह लिएर गीर्वाणयुद्धवीरविक्रम शाहले ‘पुस्तक चिताई तहबिल’ स्थापनाको लालमोहर लगाएको दिन १८६९ भदौ १५ गतेको दिनलाई नेपालमा पुस्तकालय सुरु भएको दिन मान्न सकिने राय ठहर पेस ग-यो ।

तेह्रौं राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल हुने

कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३ औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरुपमा मनाइने भएको छ ।

डेढ करोड खर्चेर बनाइयो प्रशासन तथा पुस्तकालय भवन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनमा डेढ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको प्रशासन तथा पुस्तकालय भवन उद्घाटन गरिएको छ ।

बौद्धिक विकासका पुस्तकालय स्थापना गर्नुपर्छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिकता विकासक लागि थोरै समय खर्चिने बानीका लागि हरेक पायक पर्ने केन्द्रमा पुस्तकालय स्थापना हुनुपर्ने बताएका छन्।

बुक–बसमा विद्यार्थीको आकर्षण

पुस्तकालयको सुविधा नभएका विद्यालयका विद्यार्थीलाई सिर्जनात्मक शैलीमा पढ्ने अवसर दिन बुक–बस प्रभावकारी भइरहेको छ।

नख्खु कारागारमा पुस्तकालय

ललितपुरको नख्खु कारागारमा पुस्तकालय स्थापना गरिएको छ। कारागारअन्तर्गत लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको हो।

‘बसाइँ’ का लेखकको नाममा पुस्तकालय

‘बसाईं’ उपन्यासका लेखक लीलबहादुर क्षत्रीको नाममा पुस्तकालय स्थापना भएको छ। हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पीपलडाँढा माविमा सो पुस्तकालय स्थापना भएको हो।

सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामूदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

यस्तो छ काठमाडौंमा पुस्तकालयको अवस्था (भिडियो)

पुस्तक तथा पुस्तकालय समाजको एउटा ऐना हो। कुनै समय पुस्तकालय जाने संस्कृति जस्तै थियो तर हिजो आज त्यो चलनमा कमि आउँदै गएको छ। पुस्तक र पुस्तकालयहरु मानव सभ्यताको प्रतिबिम्ब पनि हुन्। पुस्तकालयलाई सभ्य समाज निर्माणको आधारशिलाका रूपमा पनि लिइन्छ। सूचना प्रविधिको विकाससँगै पुस्तकालय संस्कृतिमा कमि आएको छ।

मजदुर चोक छिचोलेर धरान

धरानको विमल स्मृति पुस्तकालयले एलबी क्षेत्रीको कथासंग्रह ‘व्रतभंग’माथि विमर्श कार्यक्रम चलाउने भयो। क्षेत्री सरले सँगै जाने प्रस्ताव गर्नुभयो। सुनिताले यात्राको अनुमति दिएपछि फोन गरें, ‘सर तपाईँहरूसँग धरान जाने भएँ है।’

ओझेलमा नरहरिनाथ स्मृति पुस्तकालय

पशुपतिको मृगस्थलीमा रहेको योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्राहलयको अस्तित्व ओझेलमा परेको छ।

धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रमबाट १० लाख रुपैयाँ संकलन भएको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए।

दुर्गम गाउँमा पुस्तकालय

काठमाडौंका युवाहरुले दुई वर्ष लगाएर विभिन्न माध्यमबाट संकलन गरेका पुस्तकमार्फत कर्णालीको दुर्गम जिल्ला कालिकोटमा पुस्तकालय स्थापना गरेका छन्। लियो क्लब अफ काठमाडौं युरेकामा आबद्ध युवाहरुले सात लाख रुपियाँ बराबरका तीन हजार बढी पुस्तकहरु पुस्तकालयमा राखेका छन्। नरहरिनाथ गाउँपालिका–९ श्रीकोटस्थित जनप्रभात माध्यामिक विद्यालयमा स्थापना गरिएको पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ।

कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना

कर्णालीका १० वटै जिल्ला कारागारमा शनिबार एकसाथ पुस्तकालय स्थापना गरिएका छन्। मदन पुरस्कार विजेता प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहले सुरु गरेको अभियानअन्तर्गत ती पुस्तकालय स्थापना गरिएका हुन्।

शंखमूल पार्कमा पार्क पुस्तकालय

ललितपुरको जगत गुरु आश्रमस्थित शंखमूल पार्कमा पार्क पुस्तकालयको स्थापना गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई पुस्तकमार्फत् ज्ञान दिलाउन पुस्तकालय खोलिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्