हिन्दुस्तानका कुनै अमुक स्थानबाट शरणार्थीका रूपमा नेपालका विभिन्न भागमा प्रवेश गरी यहाँका स्थानीयसँग घरजम गरेर बसेका र कालान्तरमा मौका पाई शासक बन्न पुगेका शासकहरूले आफूलाई ठकुरी भन्न रुचाए।
७९ चैत महिनाको प्रारम्भदेखि नै त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित समाचारले विभिन्न छापामा सर्वाधिक प्राथमिकता पाए। सन्दर्भ थियो, २०७९ चैत ५ गते हुने विद्यार्थी युनियनको निर्वाचन। सन्दर्भ त एउटा थियो तर चिन्ता थियो, विश्वविद्यालयको प्राज्ञिक स्खलन।
समितिले इतिहांसविद् त्रिरत्न मानन्धर र दिनेशराज पन्तसँग सल्लाह लिएर गीर्वाणयुद्धवीरविक्रम शाहले ‘पुस्तक चिताई तहबिल’ स्थापनाको लालमोहर लगाएको दिन १८६९ भदौ १५ गतेको दिनलाई नेपालमा पुस्तकालय सुरु भएको दिन मान्न सकिने राय ठहर पेस ग-यो ।