कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर आठ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे हाे । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १५७ संख्या पुगेको छ ।