३ असार २०८१ सोमबार
image/svg+xml
समाज

करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

कपिलवस्तु नगरापालिका–७ धमौली गाउँमा पानी तान्ने मोटरमा छुदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय सन्तोष शुक्लाको छोरा वर्ष ८ का आदर्श शुक्लाको मृत्यु भएको हो।  

प्रहरीका अनुसार छिमेकी मन्तोष चौधरीको पानी तान्ने मोटर जडान गरेको पानीको नल्कामा खेल्ने क्रममा करेन्ट लागी बालक अचेत भएका थिए। बालकका अभिवाकले उपचारका लागि जिल्ला अस्पताल तौलिहवामा लगेकामा उपचारको क्रममा बालकको मृत्यु भएको थियो। घटनाको अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए।

प्रकाशित: ७ भाद्र २०७७ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App