२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमाले केन्द्रीय सदस्य बोगटीले दिए स्वतन्त्र उम्मेदवारी

बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्।

गोरखा–२ मा प्रचण्डको उम्मेदवारी

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक छन्।

जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन्।

गोरखा २ बाट उम्मेदवारी दिन भट्टराई र श्रेष्ठलाई लिएर प्रचण्ड गोरखा आउँदै

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई साथै लिएर दाहाल गोरखा आउँदैछन्। भट्टराईले गोरखा आउँदै गरेको जानकारी सामाजिक सञ्जालबाट पनि दिएका छन्।

सिन्धुपाल्चोकमा सापकोटा, दुलाल र पौडेल माओवादीका उम्मेदवार

क्षेत्र नं. १ मा माओवादीबाट माधव सापकोटा उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ (ख) प्रदेशबाट सरल सहयात्री पौडेलले टिकट पाउँदा क्षेत्र न. २ (क) प्रदेशमा युवराज दुलाल उम्मेदवार बनेका छन्।

सभामुखको क्षेत्र सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा उम्मेदवार

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्।

चितवन ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने माओवादीको तयारी

२०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको यस क्षेत्रमा अधिकारीलाई उम्मेदवार बनाउने भएको हो।

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

२०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।

नेताले जनताको मनमा कहिले घर बनाउने?

काठमाडौंमा शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्दै आएका दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा निर्मित एकतले घरमा बाजा बजाउँदै सरेका हुन्।

कैलाली–१ मा माओवादी केन्द्रको कमजोर दावी

नेकपा (माओवादी केन्द्र) ले कैलाली–१ को प्रतिनिधिसभा उम्मेदवारमा कमजोर दावी प्रस्तुत गरेको छ। पार्टीले हालै राष्ट्रिय जनमोर्चाबाट आएका दयाराम सञ्ज्याल र सुरेन्द्र देवकरलाई सिफारिस गरेको छ।

प्रधानमन्त्रीको रेसमा छैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताएका छन्।

पोलिटब्यूरो सदस्य भण्डारीसहित धनकुटाका मुख्य नेताहरुले माओवादी छाडे

भण्डारीले धनकुटाबाट स्वतन्त्र रूपमा निर्वाचन लड्ने घोषणा समेत गरेका छन्। नेकपा माओवादी धनकुटा संयोजन डिल्लीराम राई (कमल) ले एक जारी गरेको विज्ञप्तिमा जिल्ला समन्वय समितिको बैठक बसेर सबैले राजीनामा दिएको उल्लेख गरेका हुन्।

समायोजित सेनाको मागप्रति सकारात्मक छु: अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्।

रौतहटमा गठबन्धनको टिकटका लागि हानथाप

गत संसदीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अनिलकुमार झा लोसपामा रहेकाले गठबन्धनबाट शीर्ष नेता माधवकुमार नेपाललाई सबै दलले सघाउने स्थिति बनिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्