२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति हुन प्राप्त हुन सक्दैनः मोहन वैद्य

उनले सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडीया शोषणवादका बिरुद्ध लड्दै गर्दा संशोधनवादका बिरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए।

मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाइयो: महासचिव गुरुङ

उनले भने, 'मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छुु?'

नेकपा (माओवादी समाजवादी)को घोषणापत्र सार्वजनिक

पार्टीले वैज्ञानिक समाजवाद स्थापना नभइसकेको सङ्क्रमणकालीन चरणमा सबै राजनीतिक दल, पक्षको स्वामित्व सुनिश्चित् हुनेगरी अग्रगामी राजनीतिक निकासको लागि राष्ट्रिय राजनीतिक जन–परामर्श सम्मेलनमार्फत जनपक्षीय, सर्वदलीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नेसमेत घोषणा गरेको छ ।

ताप्लेजुङमा दलहरुले थाले चुनावी सभा

गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एसका उम्मेदवार खेमबहादुर वनेमले आफ्ना चुनावी प्रतिबद्धता र भने गठबन्धन दलका विभिन्न तहका नेताहरुले समेत आफ्नो भनाइ राखेका थिए। प्रदेशसभामा काँग्रेसका खगेनसिंह हाङ्गामको आफ्नै चुनावी अभियान चलिरहेको छ।

द्वन्द्वपीडितका काम गठबन्धनले अघि बढाउँछः नेता श्रेष्ठ

'संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ।' उनले भने, 'द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ। त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ।'

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी: दाहाल

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उहाँले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे। 'म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो', अध्यक्ष दाहालले भने, 'यो पार्टी पुनःनिर्माणको अभियान पनि हो।'

‘शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा उक्त दलले आगामी पाँच वर्षलाई लक्षित गर्दै निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो।

माओवादीको संकल्पः बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ।

माओवादी केन्द्रको प्रतिबद्धतापत्र: ३० लाख विदेशी पर्यटक भित्र्याउने आधार तयार गर्ने लक्ष्य

‘रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने नाराका साथ माओवादी केन्द्रले पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्द्धन गरी दीगो पर्यटनको आधार तयार गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। उक्त प्रयोजनका निम्ति सम्बन्धित क्षेत्रअनुसारका पूर्वाधार र उपरी संरचना निर्माण गरिनेछ।

मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्छः दाहाल

'हामीले अब १०/१५ वर्षमा जे अनुभव गरियो। विकासमा भएजस्तो पनि भएको छ, छैन जस्तो पनि भएको छ। त्यो स्थितिको अन्त्य अब सामान्य रुपले हुँदैन। क्रमभंग गरेरै गर्नुपर्दछ। ठूलै धक्का दिएर गर्नुपर्छ भनेर भनिएको छ।’

माओवादीको घोषणापत्र: स्थायित्व र समृद्धिको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति

संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिनेगरी प्रस्ताव गरिएको छ। संसद्लाई पूर्ण रूपमा विधायन क्षेत्रमा केन्द्रित हुने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

अर्को निर्वाचन आउँदा ६५ वर्ष पुग्छु, प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक होः पम्फा भुसाल

'अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु। अरु कुनै कारणले होइन्, म चाँही अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग। गल्लीगल्ली पुग। सबै ठाउँ पुग। अब मसँग त्यो इच्छा छैन। अब म भन्दा युवा साथीहरु आउनुहोस्। मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ।'

म गोरखा आउनुमा राजेन्द्र बजगाईंको पनि भूमिका छ: अध्यक्ष दाहाल

शनिबार विभिन्न २३ ठाउँमा मतदाता भेट्ने कार्यक्रम तय भएको छ भने आइतबार २० ठाउँमा भेटघाट तय गरिएको छ। आइतबार साँझ भने दाहाल काठमाण्डौँ फर्कनेछन्।

माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राप्रपाका देवेन्द्र प्रधानसँग निर्वाचन बहस

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानसँग निर्वाचन बहस।

'संविधान मास्ने व्यक्ति हेभिवेट कि संविधान जोगाउने व्यक्ति हेभिवेट?'

दाङ क्षेत्र नम्बर २ को निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ। प्रतिनिधिसभा सदस्यका लागि एमाले महासचिव शंकर पोख्रेल र पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्माबीच प्रतिस्पर्धा हुन लागेको यो क्षेत्रमा रोचक भिडन्त हुने लख काटिएका छन्। गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएकी शर्मा गठबन्धनको मत आफ्नो जीतका लागि काफी हुने बताउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्