१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अर्को निर्वाचन आउँदा ६५ वर्ष पुग्छु, प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक होः पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन्। ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन्। उनले त्यसबेला आफूले समानुपातिकतर्फको निर्वाचनमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा लडने तयारी गर्न पनि आग्रह गरिन्।

मन्त्री भुसालले भनिन्, ‘म ६० वर्ष पुगे। १६ वर्ष हुँदा म ललितपुर आएको हुँ। ४४ वर्ष भयो यहाँ बसेको। म गत साउन ४ गतेबाट ६० वर्ष पुगे। अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु। अरु कुनै कारणले होइन्, म चाँही अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग। गल्लीगल्ली पुग। सबै ठाउँ पुग। अब मसँग त्यो इच्छा छैन। अब म भन्दा युवा साथीहरु आउनुहोस्। मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ। राष्ट्रियसभा पनि छ। अरु राजनीतिक मोर्चाहरु पनि छन। पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु। अव मलाई अर्को चोटी उठने रहर छैन। यो अन्तिम चोटी हो प्रत्यक्षमा।’

मन्त्री भुसालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको र आगामी निर्वाचनपछि पनि यसले निरन्तरता पाउने दाबी समेत गरिन्। 

प्रकाशित: १२ कार्तिक २०७९ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App