१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

म गोरखा आउनुमा राजेन्द्र बजगाईंको पनि भूमिका छ: अध्यक्ष दाहाल

गोरखाको घ्याम्पेशालमा आयोजित मतदाता भेटघाट कार्यक्रममा दाहाल सहितका उम्मेदवारहरु।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी अभियानका क्रममा गोरखामा घरदैलो गर्दैछन्।

शुक्रवार बिहान गोरखा १ को घ्याम्पेशालबाट मतदाता भेटघाट थालेका उनले आइतबार दिनभर आफ्नो निर्वाचन क्षेत्र गोरखा २ का विभिन्न ठाउँमा पुगेर मतदाता भेट्दैछन्। शनिबार बारपाक सुलिकोट, अजिरकोट हुँदै भच्चेक बास बस्ने तय गरिएको छ भने आइतबार सिरानचोक र पालुङटारमा भेटघाट तय गरिएको माओवादी केन्द्र गोरखाका संयोजक बिष्णु भट्टले बताए।  

शनिबार विभिन्न २३ ठाउँमा मतदाता भेट्ने कार्यक्रम तय भएको छ भने आइतबार २० ठाउँमा भेटघाट तय गरिएको छ। आइतबार साँझ भने दाहाल काठमाण्डौँ फर्कनेछन्।  

शुक्रबार धादिङको सल्यान्टार हुँदै राती गोरखाको आरुघाट आईपुगेका उनले आरुघाट, आरुटारका स्थानीय सँग भेटघाट गरेका थिए। भेटघाटका क्रममा उनले आफू गोरखा जिल्लामा आएको र आरुघाट, आरुटारमा युवाअवस्थामा अध्यापन गराउन बस्दाको छुट्टै स्मरण र आत्मियता रहेको बताए। ‘यो चुनावी कार्यक्रम भन्दा पनि भेटघाट हो, अहिले म धेरै बोल्दिन, आचारसंहिताको कुरा पनि छ’ उनले भने ‘म गोरखा आउनुमा गोरखा १ बाट गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईको पनि भुमिका छ।’ गोरखा २ मा दाहाल उम्मेदवार छन् भने १ मा गठबन्धनबाटै नेपाली कांग्रेसका बजगाई उम्मेदवार छन्।  

दाहालले बूढीगण्डकी आयोजना निर्माण र पुर्नस्थापनामा जोड दिने, बेनिघाट लार्के सडक बिस्तार र संचालन गर्ने विषयमा पनि आफ्नो ध्यान केन्द्रित भएको बताएका थिए। गोरखाको पर्यटन र हिमाली क्षेत्रमा जडिवुटीको संभावनाका बारेमा पनि आफूले ध्यान दिने उनले बताए। दाहाल शुक्रबार आरुघाट बसेर शनिबार बिहान भिमसेन थापा गाउँपालिकाको मसेलमा आयोजित कार्यक्रममा सहभागी भए। उनले त्यहाँपनि आउँदा दिनमा सबैसँग सहकार्य र समानताको व्यवहार गर्दै विकास र समृद्धीको यात्रामा अघि बढ्ने बताए। भेटघाट र परिचयका लागि मात्रै अहिले आएको र ठूला सभा, सम्मेलनपछि हुने त्यहाँ धेरै कुरा राख्ने दाहालले बताएका थिए।

दाहाल सँगै गोरखा २ को कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई पनि छन्। गोरखा २ ख का उम्मेदवार सुरेन्द्रराज पाण्डे पनि दाहालसँगै मतदाता भेटघाटमा छन्।  

 

प्रकाशित: १२ कार्तिक २०७९ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App