८ भाद्र २०८३ सोमबार
image/svg+xml

गरिमा ह’त्या प्रकरण- दुई नाबालकसहित हालसम्म पक्राउ परे ९ जना, को- को हुन् ?

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाबालकसहित ९ जनालाई पक्राउ गरेको छ।

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० मा, प्रतिनिधि बन्न सदस्यता नवीकरण अनिवार्य

महाधिवेशनलाई लक्षित गर्दै पार्टीको केन्द्रीय सचिवालय समिति बैठकले पालिका तथा वडा तहका अधिवेशन विवरण पठाउने र सदस्यता नवीकरणसम्बन्धी समयसीमा निर्धारण गरेको छ।

स्याङ्जामा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, १७ घाइते

स्याङ्जाको गल्याङ नगरपालिका-८ करादीस्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

मसाज सेन्टर र स्पामा नाबालिकाको प्रयोग !

नेपालगञ्जमा उमेर नपुगेका बालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोपमा तीन जना स्पा सञ्चालक पक्राउ परेका छन्।

तीन महिनामा सुर्खेतमा ८६ मुद्दा, ५६ पक्राउ

सवारीसम्बन्धी अपराधतर्फ दुई वटा सवारी ज्यान र दुई वटा सवारी अंगभंगका घटना दर्ता भएका छन्।

बागमती सरकारमा सहभागी राप्रपाका तीन मन्त्री सांसद पदबाट बर्खास्त !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन र ह्वीप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन जना प्रदेश सांसदलाई पदमुक्त गरेको छ।

बडीमालिकामा पुग्यो इन्टरनेट

सुदूरपश्चिम प्रदेशको ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व बोकेको पर्यटकिय स्थल बडीमालिकामा पहिलो पटक टेलिफोन तथा ईन्टरनेट सेवा सुचारु भएको छ ।

नेपाली युवाको उद्यमशीलतामा नेपाल–पाकिस्तान सहकार्य जोड्ने पहल

नेपाली युवाको क्षमता र सम्भावनालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै स्टार्टअप समिट नेपाल–२०२६ लाई आफ्नो तर्फबाट सम्भव सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

रौतहटको सुधार केन्द्रमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

गौर नगरपालिका-४ स्थित युवा राइज सुधार केन्द्रमा हात धुने क्रममा करेन्ट लाग्दा भारतको बिहार, बेतिया निवासी ३४ वर्षीय विकास रायको ज्यान गएको हो।

वर्षौंदेखि अलपत्र योजनाको ठेक्का तोडिने

सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले वर्षौंदेखि काम नगरी अलपत्र पारिएका योजनाको ठेक्का तोड्ने बताएका छन्।

कांग्रेसले महिला उद्यमी सम्मेलन गर्दै

नेपाली कांग्रेसले महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ ।

युवाको मनोविज्ञान नबुझे दलहरूको पुनर्जागरण कठिन: शङ्कर पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको मनोविज्ञान बुझेर नीति तथा कार्यक्रम परिमार्जन नगरे पुराना राजनीतिक दलहरूको पुनर्जागरण कठिन हुने बताएका छन्।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर: आफ्नै सांसदको अरुचि, रास्वपाको कोटा नै रिक्त

सङ्घीय संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि १५ जनाको कोटा निर्धारण गरिए पनि हालसम्म ११ जना सांसदले मात्र प्रश्न दर्ता गराएका छन्।

बागमतीका मुख्यमन्त्री थापामगरको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अदालतको अस्वीकार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

गोसाइँकुण्ड मेलाको तयारी पूरा, ढुक्क भएर यात्रा गर्न अनुरोध

जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा, खानपान–बसाइलगायत सम्पूर्ण तयारी पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्