४ कार्तिक २०८३ बुधबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट वृद्धाको मृ`त्यु, एक जना घाइते

हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका-२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए। गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको हो। शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ।

खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ। रासस

प्रकाशित: ३ कार्तिक २०८३ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App