१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति हुन प्राप्त हुन सक्दैनः मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातिय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन्।  

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादबिरुद्ध लडेर संघर्ष गर्दापनि वर्गीय, जातिय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताएका हुन्। उनले जातिय,वर्गिय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे। उनले  सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडीया शोषणवादका बिरुद्ध लड्दै गर्दा संशोधनवादका बिरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए। उनले संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति हुन प्राप्त हुन नसक्ने बताए। उनले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने नसोच्न आग्रह गर्दै अझै क्रान्ति पूर्ण रुपमा पूरा हुन नसकेको जिकिर गरे।

उनले भने, ‘हामीले देशमा रुपान्तरणको लागि सामन्तवादका बिरुद्ध, साम्राज्यवादका बिरुद्ध, बाहुनवादका बिरुद्ध वर्गीय, जातीय, महिला, दलित, मधेसी, सबैसबैको मुक्तिको निम्ति धेरै रगत बग्यो। थुप्रै योद्धाहरुले शाहदत प्राप्त गरे तर अझै मुक्ति प्राप्त हुन सकेको छैन। अब हामी फेरि मुक्तिका निम्ति संघर्ष गर्न जरुरी छ। जातीय, मुक्ति, वर्गिय मुक्ति र सबै मुक्तिको निम्ति संघर्ष गर्न जरुरी छ। धेरै संघर्ष गरियो तर मुक्ति प्राप्त गर्न सकिएको छैन। यसका लागि पुनः संघर्ष जरुरी छ। सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवादका लागि लड्नेपनि ठिक छ, पहाडीया शोषणवादका बिरुद्ध लड्नेपनि ठिक छ, तर यसको साथमा संशोधनवादका बिरुद्ध पनि लड्नुपर् । संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति हुन सक्दैन, किनभने त्यो संशोधनवाद सबैमा घुसेको छ। त्यसकारणले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने छ, क्रान्ति पूरा भएको छैन।’

महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढतापूर्वक अघि बढ्नुपर्ने बताए।

प्रकाशित: १९ कार्तिक २०७९ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App