४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ।

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।

खाद्यको पर्वाेत्सव छुटः खाद्यमा चामल किन्दा किलोमा सात रुपैयाँ सस्तो

‘यो पटक चामल मात्र बिक्रीमा राखिएको छ। दाल पनि राख्न पाएको भए हुन्थ्यो। तर, अहिले चामल बाहेकको खाद्यान्न उपलब्ध छैन,’ उनले भने। चिनी, नुन, तेल लगायतका खाद्यान्न भने अन्य संस्थानले नै बिक्री गर्छन्।

फस्टाउँदै नेपाली रुपैयाँको अवैध कारोबार

असार २८ गते वीरगन्ज महानगरपालिका –१६ रजतजयन्ती चोकबाट प्रहरीले मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकलाई स्रोत नखुलेको २० लाख नेपाली रुपौयाँसहित पक्राउ गर्यो।

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद

होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो।

ओलम्पिकमा पदक जिते दुई करोड रुपैयाँ पुरस्कारः खेलकुदमन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दुई करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। दुई करोड रुपैयाँले खेलाडीलाई उर्जासँगै थपिने बताए।

दस रुपैयाँमा डाक्टरी जाँच!

लायन्स गल्ली भुलाँंचा सूर्यविनायक भक्तपुरस्थित केन्द्रमा दैनिक विहान १० रुपैयाँंको टिकट काटेर आँंखा परीक्षण, मधुमेह (सुगर) परीक्षण, रक्तचाप, फिजिसियन परीक्षण, ल्याब परीक्षणलगायतका विशेषज्ञ डाक्टरको सेवा उपलब्ध छ।

स्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरस्थित भेडियारीबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

बाढी पहिरो पीडितलाई दुई लाख दिने सरकारको घोषणा

सरकारले मृतक परिवारमा एक वा त्यो भन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

खर्च गर्न नसकेर चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान

चितवनका ६ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेर ३५ करोड बढी अनुदान फिर्ता गरेका छन्। सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शिर्षकमा दिएको अनुदान जिल्लाका ६ स्थानीय तहले खर्च गर्न नसकेर फिर्ता गरेका हुन्। खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन।

तीन सयले बढ्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो।

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख

गाउँपालिकाले कोरोना भाइरसबाट संक्रमित भएका परिवारलाई राहतस्वरुपमा एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्