२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँच सय पाँच उद्योग दर्ता

झापामा छ महिनामा एक अर्ब रुपैयाँ बढीको उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख रुपैयाँ कूल पुँजी भएको पाँच सय पाँच वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले बताए।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन्। नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशत अर्थात् दुई सय २२ वटा कृषि तथा वनजन्य उद्योग छन्। दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक दुई सय चार रहेको कार्यालयका कर्मचारी चन्द्र पौडेलले बताए।

साउनमा एक सय सात, भदौमा एक सय ४४, असोजमा ५३, कात्तिकमा ४९, मंसिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भए।

दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी पाँच सय ४२ उद्यमी छन्। ती उद्योग सञ्चालनमा आएमा एक हजार दुई सय ८९ जनाले रोजगारी समेत पाउने देखिन्छ। दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक एक अर्ब ३९ करोड ६० लाख चार हजार रुपैयाँ छ। उद्योग दर्ताबापत कार्यालयले २० लाख १० हजार सात सय रुपैयाँ राजस्व संकलन गरेको छ। रासस

प्रकाशित: २१ माघ २०७९ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App