१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलाको एक लाख नौ हजार रुपैयाँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एक लाख नौ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार सात सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा आएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। रासस

प्रकाशित: १३ चैत्र २०७९ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App