१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

४ दिन हिँडेर अाएका बाराबासीले प्रधानमन्त्रीलाई दिए १ रुपैयाँ !

काठमाडौं-निजगढ द्रूतमार्ग (फास्टट्रयाक) निर्माण गतिमा अघि वढाउन दवाव दिने उदेश्यले बाराका युवाहरुले निजगढबाट काठमाडौंसम्म ४ दिन पैदलयात्रा गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित रु १ का दरले नागरिक सहयोग रकम बुझाएका छन्।

प्रतिरोपनी पाँचदेखि आठ लाख रुपैयाँ

राष्ट्रिय गौरवको १२ सय मेगावाट बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्ने क्रममा सरकारले मुआब्जा निर्धारण गरेको छ। जिल्ला मुआब्जा निर्धारण समिति गोरखाले आयोजना क्षेत्रको जग्गालाई कम्तीमा पाँचदेखि बढीमा आठ लाख रुपैयाँसम्म दिने तयारी गरेको हो।

तलब–भत्ता वृद्धिविरुद्ध सांसदहरुलाई एक रुपैयाँ संकलन

सांसदको तलब–भत्ता वृद्धिविरुद्ध म्याग्दीका विद्यार्थीले चर्को विरोध गरेका छन् । अनेरास्ववियु म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा सर्वसाधारणबाट ६०१ रुपैयाँ संकलन गरी व्यवस्थापिका संसद्लाई पठाएको छ।

महँगो भयो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ नौ महिनापछि उच्च दरले बढेको छ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ।

सुनको भाउ एकै दिन ६ सय रुपैयाँ घट्यो

अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामले एक्कासी बढेको सुनको भाउ यो साता निरन्तर ओरालो लागेको छ । नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

स्राेत नखुलेकाे १५ लाख रुपैयाँसहित एक पक्राउ

विरगंज उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय रन्जित सर्राफलाई प्रहरीले श्रोत नखुलेको नगद १५ लाख रुपैया सहित पक्राउ गरेको छ।

सुनको भाउ फेरि १४ सय रुपैयाँ घट्यो

अमेरिकी राष्ट्रपतिको निर्वाचनले सुनको बजार उथलपुथल भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि बुधबार १ हजार ३ सयले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

१ लाख रुपैयाँसहित १० जुवाडे पक्राउ

लुकीछुपी जुवा खेल्दै गरेको अवस्थामा कोहलपुर प्रहरीले बुधबार दश जुवाडेलाई पक्राउ गरेको छ। नौबस्ता ९ डिकियाबाट जुवाडेसहित रकमसमेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार १० जुवाडेबाट १ लाख बराबर रकम नियन्त्रणमा लिएको छ ।

वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट

वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ।

प्रहरीमाथि २ राउन्ड गोली प्रहार गर्ने समूहले छोडेको सय केजीको लकरमा २५ हजार रुपैयाँ

काठमाडौंको चन्द्रागिरीमा प्रहरीमाथि गोली प्रहार गर्ने समूहले छोडेको लकरमा जम्मा २५ हजार रुपैयाँ मात्र फेला परेको छ। लुटेरा समूहले सो लकर ललितपुर बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी लिमिटेडबाट लुटेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

भूकम्पपीडितलाई कूल ५ लाख रुपैयाँ दिइनेछः दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ दिइने बताएका छन्। सो पाँच लाखमध्ये ३ लाख रुपैयाँ नगद र २ लाख रुपैयाँ सामुहिक जमानीमा ऋण हुनेछ। संसदको विकास समितिमा उपस्थित भएका उनले भूकम्पपीडितलाई यसअघि दिइने भनिएको २ लाख रुपैयाँमा १ लाख रुपैयाँ थप गर्ने उल्लेख गरे।

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख भन्दा बढी रुपैयाँ चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख रुपैयाँभन्दा बढी नगद चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्