१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बैंकमा जम्मा गर्न नपाउँदै ६ लाख रुपैयाँ गायव !

नेपालगन्जको अत्यन्तै व्यस्त रहने धम्बोझी नजिकैबाट एक व्यक्तिको ६ लाख रुपैयाँ गायव भएको छ। नेपालगन्ज–१ धम्बोझी निवासी निर्णयजंग मल्लको आइतबार मध्यान्ह साढे १२ बजेतिर बाटोबाटै गायव भएको हो।

रामदेबको पतञ्जलीले ५० हजार करोड रुपैयाँको कारोबार गर्ने

कर्पोरेट याेग गुरु बाबा रामदेबले पतञ्जलीको उत्पादन ५० हजार करोड (भारु) पुर्‍याउने घोषणा गरेका छन्। पतञ्जली उत्पादन दन्तकान्ती उत्पादनको प्रवद्र्धन कार्यक्रममा उनले आफ्नो कम्पनीको लक्ष्य सार्वजनिक गरेका हुन्।

ग्यासमा २५, पेट्रोल–डिजेलमा २ रुपैयाँ भाउ घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य घटेसँगै निगमले मूल्य घटाएको हो। पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

पहिरोले २ लाख रुपैयाँबराबरको अलैंची पुरियो

भोजपुर– शनिबार रातीको भीषण वर्षले भोजपुरको पश्चिमी तिम्मा पेक्लुमा पहिरो जाँदा अलैंची खेती पुरिएको छ। पहिरोले स्थानीय तिम्मा ५ का सन्जिव राई, प्रमोद राई, रामकुमार राई र शिवध्वज राईको अलैंची खेती पुरिएको हो।

एनसेलको ‘मासिक भ्वाइस प्याक’ २ सय रुपैयाँमा

काठमाडौं– एनसेलले प्रिपेड ग्राहकका लागि ‘मासिक भ्वाइस प्याक’ अफर ल्याएको छ। आफ्ना ग्राहकलाई सुलभ शुल्कमा भ्वाइस सेवा दिन कम्पनीले यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ। उक्त योजनाअन्तर्गत ग्राहकले २ सय रुपैयाँमा ४ सय मिनेट अननेट टक टाइम खरिद गर्न सक्ने कम्पनीले बताएको छ।

५० करोड रुपैयाँ जलेश्वरको ठोस विकास योजनामा लगाउन सुझाव

महोत्तरी– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको किवासका लागि छुट्याइएको ५० करोड रकमले विकासको ठोस आयोजना निर्माण गर्न सर्वसाधारणले सुझाव दिएका छन्। उक्त रकम टुक्रे योजनामा नलगाई ठोस र दीर्घकालिन महत्वको योजनामा खर्चिन सर्वसाधारणले सुझाव दिएका हुन्।

अमेरिका, क्यानडा पठाउने भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ

काठमाडौं– फेसबुकमार्फत साथी बनेर विभिन्न व्यक्तिहरुलाई आफ्नो झुटो परिचयसहित अमेरिका, क्यानडालगायत मुलुकमा पठाइदिने झुटो प्रलोभन दिएर ३१ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

भारत कल शुल्क बुधबारबाट १ रुपैयाँ ९९ पैसा प्रतिमिनेट

काठमाडौं– एनसेलका सबै ग्राहकले अब भारतमा सुलभ शुल्कमा कुरा गर्न पाउने भएका छन्। मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाउँदै, आफ्ना ग्राहकका लागि ‘इन्डिया कलिङ्’ योजना ल्याएको जनाएको छ। यो योजनाअन्र्तगतग्राहकले अब करबाहेक मात्र रु. १.९९ प्रति मिनटेमा भारतमा कल गर्न सक्नेछन्।

खोला तर्न २५ रुपैयाँ

पुल नहुँदा वर्षाको समयमा रुकुमको घेत्माखोला तर्न निकै सकस छ । सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन् । खोला तर्न बनाइएको काठेपुल बुधबार आएको बाढीले बगाएपछि झनै समस्या थपिएको छ ।

नेपालमा अमेरिकाका ३२२ उद्योगको ७ अर्ब रुपैयाँ लगानी

काठमाडौं—संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा रु सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन्।

धुर्मुस सुन्तली फाउन्डेसनलाई युकेबाट २० लाख रुपैयाँ

लन्डन—धुर्मुस सन्तुली फाउन्डेसनलाई हेल्प नेपाल फाउन्डेसनले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। हेल्प नेपालले बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो।

कहाँ छ फ्रि भिसा– फ्रि टिकट ?

दुई लाख ६० हजार रुपैयाँ बुझाएर कतार आइपुगेका लेखफर्सा–७, सुर्खेतका ३७ बर्षिय ओमबहादुर कामी हालै नेपाल फर्किए । उनलाई कतार पठाउन हिमालन म्यानपावरले श्रम स्वीकृति लिएको थियो । काठमाडौंमा भनिएजस्तो काम नपाएपछि उनी आफ्नै टिकटमा देश फर्किए । .

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्