१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मेचीपहाडका ९३ सडक र पुललाई बजेट

सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४७, स्थानीय सडक–पुलअन्तर्गत २१, वैकल्पिक सहायक राजमार्ग विकासअन्तर्गत ८, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका ७, राजमार्ग स्तरोन्नति र पुन: स्थापनाका ७ तथा निर्वाचन क्षेत्र रणनीतिक सडकका ३ आयोजनालाई बजेट विनियोजित छ।

बाढी पहिरोले उत्तरी गोरखाका सर्वसाधारणलाई सास्ती

सिर्दिबासबाट माछाखोलासम्म पनि तीन/चार ठाउँमा पैदल हिड्ने बाटो नै नभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए।

नारायणगढ–मुग्लिन सडकः खुल्दै बन्द हुँदै

वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ। पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो।

बिजुले–ऐसेलुखर्क सडक अवरुद्ध हुँदा आवागमन सकस

पहिरोका कारण खोटाङको बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। असार १८ गते परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको हो।

ग्रामीण सडकले मुख्य राजमार्ग जोखिममा

गाउँ–गाउँ जोड्नका लागि निर्माण गरिएका ग्रामीण सडकले मुख्य राजमार्गमा क्षति पुगेको छ। पछिल्ला वर्षहरुमा निर्माण भएका ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा देखिन थालेको छ। पृथ्वी राजमार्गसँग जोडिएर धादिङको बेनिघाट रोराङ गाउँपालिकाभित्र दर्जन बढी शाखा सडक निर्माण भएका छन्।

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

वर्षाका कारण सडकखण्डको भरतपुर महानगरपालिका वडा नं २९ मा पर्ने सेती दोभानमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

बर्खाको समयमा निर्वाध रूपमा सवारी सञ्चालन गर्नका लागि पूर्ण तयारी

पासाङ ल्हामु मार्गमा बर्खाको समयमा निर्वाध रूपमा सवारी साधन सञ्चालन गर्नका लागि पूर्ण तयारी गरिएको छ।

नारायणगढ–मुग्लिन सडकमा तीन दिनदेखि पहिरै पहिराे

निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ५ बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ।

विपदमा छैन तयारीः पहिरोले राजमार्गका ठाउँठाउँमा अवरुद्ध

रुकुमबाट काठमाडौँ फर्कदै गरेका पत्रकार धनवीर दाहाल पहिरो छिचोल्दै मुस्किलले काठमाडौँ पुगे। ‘नारायणगढदेखि सानोठूलो गरी सात, आठवटा पहिरो पार गर्दै मुस्किलले यात्रा गरियो’, उनले भने, ‘यात्रा गर्दा पनि माथिबाट पहिरो खस्छ कि भन्ने डरैडरमा यात्रा गरियो।’ उनी मात्र होइन राजमार्गमा यात्रा गर्नेहरु कतिबेला पहिरो जाने हो भन्ने डरैडरमा यात्रा गर्न बाध्य छन्।

६ महिना टिक्दैनन् धनगढीका सडक !

कमसल सामग्री प्रयोगका साथै निर्माण कम्पनी र साइट हेर्ने प्राविधिकको मिलेमतोमा झारा टारेझै निर्माण गरिएका सडक ६ महिना नपुग्दै भत्किने गरेको स्थानीयको आरोप छ।

सहिद 'गिज्याउँदै' सहिदमार्ग

खाडलमा जमेको लेदो सहितको पानीले सवारी साधनलाई संचालनमा हुनु सम्मको सास्ती हुने गरेको छ। वर्षेनी खर्च भएको बिल पेश हुने यो सडक मर्मतमा सहिदमार्ग सडक आयोजना र निर्माण व्यवसायीले चासो दिने गरेका छैनन्।

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ।

पहिरोले ग्रामिण सडक अवरुद्व

धेरै ठाउँमा पहिरो जाँदा ग्रामीण सडक अवरुद्ध भएका हुन्। बर्खामा कच्ची सडक पहिरो र हिलाम्य हुँदा यातायातका साधन चल्न नसक्दा स्थानीयले सास्ती भोग्दै आएका छन्।

रसुवागढी नाका जोड्ने सडक ६ दिनपछि सञ्चालन

स्याफ्रु रसुवागढी सडक खण्डमा झरेको पहिरो पन्छाउने काम सकिएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोले सडक पुरै लगेपछि ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्