१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विकास अघिअघि, सिडिओ कुरुम्बाङ पछिपछि

सबैका अ–आफ्नै सपना हुन्छन। राष्ट्र सेवक कर्मचारी जुन प्रमुख जिल्ला अधिकारीको पदमा आसिन छन् – बिकास, सुशासन र सुरक्षाको प्रत्याभुति दिलाउँने सपना प्रथामिकतामा पर्छ। जसले समन्वयकारी भूमिका निभाएर उदाहरणीय काम गर्न सक्छ उसैको सफल प्रजिअको परिचय बन्छ। उसैले सर्वसाधरणको वाह– वाही कमाउँछ।

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

हलेसी तुवाचुङ नगरपालिकाबासीले त्रि–धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडकखण्डमा पुल निर्माणको माग गरेका छन्। प्रतिनिधिसभाका सांसद् विशाल भट्टराईको नेतृत्वमा बुधबार गएको नगरका अगुवासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठसमक्ष पुल निर्माणका लागि बजेट मागेको हो।

कालोपत्रेमाथि ग्राभेल : स्थानीय परे आश्चर्यचकित

धनगढी उपमहानगरपालिकाले कालोपत्रेमाथि ग्राभेलिङ गरेर विकासको उपहास गरेको छ। वडा नम्बर ३ विशालनगरमा कालोपत्रेमाथि ग्राभेलिङ गरिएको हो।

सात वर्षमा पनि सडक नबनेपछि नगरकोटबासीद्वारा आन्दोलन घोषणा

दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

हुलाकी सडकमा सरकारी लापरबाही

सडकलाई मधनी टोलदेखि नेपाल–भारत सीमासम्म पहिलो र मधनी टोलदेखि राजमार्गसम्म दोस्रो खण्डमा विभाजन गरिएको छ। २७ किलोमिटर लामो सो सडकको १८ किलोमिटरभन्दा बढी भाग कलैया उपमहानगरपालिकाभित्र पर्छ।

राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्

अपाङ्गतामैत्री फुटपाथ नभएको भन्दै केही हप्ता अघिमात्र काठमाडौंको जोरपाटीस्थित सडकपेटी अपाङ्गता भएका व्यक्तिहरुले भत्काएका थिए। राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्। भएका सडक पेटीमा पनि मोटरसाइकल तथा कार पार्किङ गरिएका हुन्छन्। अर्कोतर्फ सडक पेटीमा भएका खाल्डा खुल्डीले पनि उनीहरुको यात्रालाई थप कष्टकर बनाएको छ। त्यसैगरी अपाङ्गता भएका ब्यक्तिलाई लक्षित गरी सडक पेटीमा ‘ट्याकटाइल’को व्यवस्था गरिएको भए पनि सो सडक अपाङ्गमैत्री हुन नसकेको उनीहरुको गुनासो छ।

पूरा भएनन् मन्त्रीका बाचा, सडक अझै उस्तै

गत वर्षको मंसिर २० गते  संघीय संसद्को निर्वाचनमा विजयी भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्ला अदालत जाजरकोटको प्रांगणमा पत्रकारसँग फेरि त्यही कुरा दोहो-याएका थिए बस्नेतले।

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ५ पेदाङमा निर्माण भइरहेको सडक खन्ने क्रममा माथिबाट चट्टान खस्दा स्काभेटरसंगै चालक पुरिएर मृत्यु भएको छ। मेसिनसहित पुरिएर मृत्यु हुनेमा रामेछापका २४ बर्षीय बीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

उदयपुर र किमाथाङ्का सडक जोडिने

प्रदेश सरकारको उच्च प्राथमिकताभित्र रहेको विराटनगर–किमाथाङ्का सडक खण्ड अन्तरगत उदयपुर र संखुवासभाबीच सोझो यातायात सम्बन्ध स्थापित हुने भएको छ।

जो सडकमा थिए, सडकमा छैनन्

यो एउटा साधारण मान्छेको कथा हो। जसले असाधारण चुनौतीहरू बेहोर्‍यो। जो अकल्पनीय मोडहरूबाट गुज्रियो। काठमाडौंका चिसा रातहरूमा जसले भोक र अभावको च्यादर ओढेर सुत्यो।

सगरमाथाको गाउँपालिका ‘खुम्बु’मा सडक

सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङल्हामु गाउँपालिकामा सडक पुगेको छ। माप्य दुधकोसी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु गाउँपालिकाको खरिखोलासम्म पु-याइएको ‘सगरमाथा सडक’को हालै एक कार्यक्रमबिच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

बाजुरा सदरमुकाममा सडक कालोपत्रे धमाधम

अस्तव्यस्त बाजुरा सदरमुकाम मार्तडीको धुलाम्य र हिलाम्य सडक कालोपत्रे हुने भएको हो। वैशाखभित्र मार्तडी बजार क्षेत्रको बाटो कालोपत्रे भइसक्ने निर्माण भइरहको कम्पनीले बताएको छ। लामो समयदेखि सडक फराकिलो बनाउने बहसमै अल्झिएको सडक निर्माण कार्यले चैत्र पहिलो साताबाट गति लिएको हो।

चार दिनमा पनि खुलेन अवरुद्ध सडक

हावाहुरीका कारण चारदिनदेखि अवरुद्ध बनेको बाराको बलिरामपुरदेखि छोटकिफुलबरियासम्म जोड्न सडक अझै सुचारु हुन सकेको छैन।

कर्णालीको पीडा : विमान नहुँदा यात्रु अलपत्र

पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णाली मुक्त हुनसकेको छैन। यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन्। विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्