८ वैशाख २०८१ शनिबार

केपी ओली कुहिएको अण्डा हुन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बिग्रिएको अण्डा’ को संज्ञा दिएका छन्। शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले ‘ओली कुहिएको अण्डा’ भएको बताएका हुन्।

पहिलो पुस्ताले विश्राम लिएर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता जीवित रहन्छ : योगेश भट्टराई

नेपाक कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति तथा सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले सरकार र पार्टीबाट विश्राम लिई नयाँ पुस्तालाई सरकार र पार्टी सञ्चालनको जिम्मा दिने परिस्थतिमा पार्टी अहिले पनि जीवित रहने बताएका छन्।

प्रचण्ड–नेपाल पक्षको निर्णयः पाँच जना पार्टीबाट निलम्बन, नेम्वाङलाई पदबाट राजीनामा दिन निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको अनुशासन उलङ्घन गरेको नेम्वाङलाई संसदीय दलको उप–नेताबाट राजीनामा दिन भनेको हो।

सरकारका प्रवक्ता भन्छन्ः सर्वोच्चकाे फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट राेक्याे

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको बताएका छन्।

प्रचण्डको प्रश्नः राजीनामा नदिएर अझै देखाइदिन्छु पो भन्दै हुनुहुन्छ त, के देखाउन बाँकी छ ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेको निर्णय सर्वोच्चबाट खारेज भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्

पार्टी र देशलाई प्रभावकारी रुपमा चलाएकाले म माथि प्रहार गरियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका छन्। सोमबार पोखरामा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय गण्डकी प्रदेश स्तरीय भेलामा प्रधानमन्त्री ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन्।

प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–नेपाललाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन्। आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुद्दा जितेर संसद् पुनःस्थापना गर्न सफल भएकाहरुलाई प्रधानमन्त्रीबाट आफूलाई हटाउन चुनौती दिएका हुन्।

केपी ओलीसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको बताएका छन्।

अबको राजनीतिक परिदृश्य कस्तो हुन्छ भन्नेबारे छलफलमा छाैं : प्रदीप ज्ञवाली

करिब तीन घण्टा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको बैठकपछि ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले बैठकले गरेका निर्णय मात्र सुनाएनन् विभाजित बनेको नेकपा पुनः एकीकरण गर्नका लागि आफूहरु तयार रहेको समेत बताए।

नेकपा भित्रको लडाइँ कुर्सीका लागि होइन, व्यवस्था जोगाउनको लागि हो : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले आगामी वैशाखका लागि तोकिएको चुनाव कुनै हालतमा हुनै नसक्ने बताएका छन्।

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना असफल : शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका वरिष्ठ नेता ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना’ असफल भएको बताएका छन्।

नेकपा फुटेको छैन, जनताको प्रगति नचाहने स्वार्थी तत्व चोइटिएको मात्र हो : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडलले पार्टी विभाजन नभएको बताएका छन्।

लोकतन्त्रको पक्षमा फैसला आएन भने देशमा कसैले थाम्न नसक्ने आँधी आउँछ, हुरी चल्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायहरुले केपी ओलीजस्तो निरङ्कुश र लोकतन्त्र विरोधी व्यक्तिको सनकको भरमा डराएर फैसला नगर्ने विश्वास व्यक्त गरेका छन्।

आज ५ लाख आए, केहीदिनपछि सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता आउनेछन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्र’ नेपाली जनताले बुझिसकेको बताएका छन्।

ओलीको तानाशाहीतन्त्र अन्त्य नभएसम्म आन्दोलन जारी रहन्छ, जनता विरोधमा आउनुपर्‍याे : देव गुरुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘तानाशाहीतन्त्र’लाई पराजित नगरेसम्म आन्दोलन जारी रहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्