११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कार्की आयोगको प्रतिवेदन अन्तरिम सरकारले बाहिर ल्याउनुपर्छ : डा भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन आंशिक रूपमा बाहिरिएपछि जनतामा अन्योल र आशंका बढेको बताएका छन्। 

बुधबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय मिथ्या सूचना फैलिने क्रम बढेको भन्दै प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।  

प्रतिवेदनको केही अंश मात्र सार्वजनिक हुँदा भट्टराईले अन्तरिम सरकारले गठन गरेको आयोगको प्रतिवेदन सोही सरकारले सार्वजनिक गर्नु उपयुक्त हुने बताएका हुन् ।  

उनले अन्तरिम सरकारको नेतृत्व गरिरहेकी सुशीला कार्की गैरदलीय पृष्ठभूमिबाट आएको र स्वतन्त्र रूपमा निर्णय लिन सक्ने भएकाले यस विषयमा स्पष्ट हुनुपर्ने बताएका हुन् ।  

प्रकाशित: ११ चैत्र २०८२ १६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App