७ आश्विन २०८१ सोमबार
image/svg+xml

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी

राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक आज अपरान्ह बसेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो।

‘सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति’

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्।

एमालेकै उम्मेदवार राष्ट्रपति: ओली

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले नेकपा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका हुन्।

दुर्गा प्रसाईलाई कारबाही सिफारिस, बागी विद्रोहीलाई पनि पार्टीबाट बिदा गरिने

एमाले प्रदेश १ कमिटीले शनिबार विराटनगरमा मिसन ग्रासरुढ अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको जानकारी दिइएको हो।

अनेरास्ववियुको निर्वाचन विद्युतीय मेसिनबाट हुने

फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो। यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ।

राष्ट्रपति पनि एमालेको भए देश बर्वाद हुन्छः नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको बताएका छन् समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको र त्यसको संकेत मेची किनारबाट संकेत मिलेको बताएका हुन्।

संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ: अध्यक्ष नेपाल

नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो।

नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छः महासचिव पोखरेल

मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए।

सुदूरपश्चिमबाट उदायौँ, एमालेलाई धक्का दियौँः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गठबन्धन टुट्न नदिने एमाले संकल्प

सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वमा बनेको सरकार विश्वासको मत नपाएर ढलेपछि गठबन्धनमा संकट आएको एमाले निष्कर्ष छ। गठबन्धन संकटमा परेपछि सरकार पनि त्यसबाट अछुतो हुने कुरा भएन। सुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिएर धोका दिएको एमाले आरोप छ।

एमाले सचिवालय बैठक च्यासलमा जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि सुरु भएको हो।

सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा

प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए।

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनको विषयमा छलफल

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन,समसामयिक राजनीतिक र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको विषयमा छलफल भएको ओलीको सचिवालय स्रोतले जनाएको छ।

माओवादीको २ महिने सुदृढीकरण अभियान

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले सबै केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ता कहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका हुन्।

एमालेलाई २० स्थानमा हराएको दाबी

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मतका आधारमा एमालेलाई २० स्थानमा हराउन निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्