५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेकै उम्मेदवार राष्ट्रपति: ओली

फाइल तस्बिर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले नेकपा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका हुन्।  

ओलीले एमालेले उठाएको उम्मेदवारलाई माओवादी केन्द्रले सहयोग गर्ने स्पष्ट पारे। ओलीले भने, ‘हामी जसलाई  उम्मेदवार बनाउँछौं उहि नै राष्ट्रपति हुन्छ।’ राष्ट्रपतिको उम्मेदवारका लागि आफूले कसैको नाम नलिएको बताउँदै उनले फाल्गुुन १३ गते नै एमालेले आफ्नो उम्मेदवार टुंग्याउने स्पष्ट पारे। ‘राष्ट्रपतिका लागि मैले कसैको नाम लिएको छैन ’ उनले भने‘ फागुन १३ गते नै नाम टुंगो लगाउँछौं।’ ओलीले आफूलाई राष्ट्रपति बनाउने हल्ला रमाइलो  प्रस्ताव भएको टिप्पणी गरे। दुर्गा प्रसाईलाई कार्वाहीको माग बारे ओलीले भीम रावल पनि के–के बोल्दै हिँडेको भन्दै पानीले आफ्नो लेभल आफैं मिलाउने बताए। उनले भने,भीम रावल पनि के–के बोल्दै हिँडेका छन्। पानीले आफ्नो लेभल आफै मिलाउँछ।’  

पूर्व राजाले निकालेको वक्तव्यको विषयमा ओलीले दुई सय ४० वर्षसम्म राजतन्त्रले  के गर्‍यो र १५ वर्षमा जनताको हातमा आएपछि के भयो भन्ने प्रष्टै रहेको बताए।  ‘२ सय ४० वर्षमा उहाँहरूले के गर्नुभयो’ ओलीले भने, ‘गणतन्त्रको यो १५ वर्षमा मिल्ने मिलाउने कुरा गर्दै हिँड्नु  बेकार छ।’ पूर्व राजा अलमलमा रहेको र उनलाई पुरानो झल्को आइरहेको बताए।

प्रकाशित: ७ फाल्गुन २०७९ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App