१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीको २ महिने सुदृढीकरण अभियान

नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणका लागि दुई महिने अभियान सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले सबै केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ता कहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका हुन्।  

चुनावको समीक्षाको विषयमा ठाउँठाउँमा घात, अन्तर्घात भयो, यसको निमित्त फिल्डको रिपोर्ट बुझ्ने कुरा भएको छ। माघको २६ गतेदेखि ५ गतेभित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिइ बुझ्ने निर्णय माओवादीले गरेको छ। माघ २६ गतेदेखि फिल्ड जाने तय गर्दै माओवादीले जनस्तरबाट आएको सुझावका आधारमा संगठन सुधारका लागि थप कार्ययोजना बनाउने महराले जानकारी दिए।

प्रकाशित: २२ माघ २०७९ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App