१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आदिवासी जनजाति प्रतिष्ठान खारेज नगर्न खबरदारी

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ। महासंघले आइतबार काठमाडौंंमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातिलाई सहयोग गर्ने एकमात्र सरकारी निकायको रुपमा रहेको प्रतिष्ठान खारेज गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

मोर्चा आवद्ध दलहरुद्वारा रौतहटमा ‘खबरदारी शक्ति प्रदर्शन’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध राजनीतिक दलहरुले सोमबार रौतहट सदरमुकाम गौरमा संविधान संशोधनको माग गर्दै प्रदर्शन गरेनका छन्। ‘खबरदारी शक्ति प्रदर्शन’ नाम दिइएको उक्त प्रदर्शन बिपी चोकबाट सुरु भएर भन्सारस्थित क्रान्तिद्वारसम्म भएको थियो।

प्रदेश ५ नटुक्र्याउन कांग्रेसमा खबरदारी

नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले ५ नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले तयार पारेको संविधान संशोधन प्रस्ताव स्विकार्न नसकिने बताएका छन्। संसदीय दलको कार्यालय सिंहदबारमा सोमबार पार्टी पदाधिकारी, पूर्वपदाधिकारीलगायतको बैठकमा नेताहरूबाट यस्तो धारणा आएको हो।

महाभियोगमा पछि नहट्न शीर्ष नेतालाई खबरदारी

सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पास गराउनबाट पछाडि नहट्न शीर्ष नेताहरूलाई खबरदारी गरेका छन्।

खुट्टा नकमाउन नेतालाई खबरदारी

लोकमानसिंह विरुद्धको माहाभियोग प्रस्ताव अविलम्ब पारित गर्न माग गर्दै विभिन्न दल निकट ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटीकामा प्रदर्शन गरेका छन्।

राष्ट्रिय स्वाभिमानमा आँच आउने काम नगर्न प्रधानमन्त्रीलाई खबरदारी

प्रधानमन्त्री पुष्पकमल दालले आफ्नो भदौ ३०गते भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण हुने बताएका छन्। उनले आफ्नो भारत भ्रमणमा कुनै सन्धि सम्झौता नहुने स्पष्ट पार्दै दुई मुलुकबीचको सम्बन्धलाई भने उचाईमा पुर्याउन आफ्नो भ्रमण केन्द्रित हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्