१० मंसिर २०८१ सोमबार
image/svg+xml

विप्लव समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन्। कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरे।

रिहा गर्ने सर्वोच्चको आदेश लगत्तै विप्लव समूहका नेता वास्तोला पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला अदालतको आदेशमा रिहा भए लगत्तै पक्राउ परेका छन्। उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो।

विप्लव सरकारसँग वार्ता गर्न तयार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ।

विप्लव फकाउँदै सरकारः खानेपानी मन्त्रीको नेता हेमन्तसँग कारागारमा वार्ता

कारागार परिसरको छड्के जाँच गर्न मंगलबार ललितपुरको नख्खु कारागार पुगेका खानेपानी मन्त्री मणिचन्द्र थापा कैदीसँग लामै भलाकुसारी गरेर बाहिरिएका छन् । कारागारमा दुर्गन्ध फैलिएको र पिउने पानीधरी सफा नभएको गुनासो आएपछि उनी त्यही वहाना लिएर कारागार पुगेका थिए ।

नख्खु जेल पुगेर मन्त्री थापाले भेटे विप्लव समूहका नेता

खानेपाली मन्त्री मणि थापाले नख्खु जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली 'सुदर्शन' लाई भेटेका छन्।

विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ।

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। उक्त समूहका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तो ललितपुरको दुर्गम क्षेत्रबाट पक्राउ परेको प्रहरीका उच्च अधिकारीले पुष्टि गरे।

विप्लव समूहका नेतालाई रिहाको आदेश दिँदै सर्वाेच्च अदालतले भन्यो : झुटा मुद्दा लगाएर पक्राउ नगर्नू

विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज जंगबहादुर भण्डारीसहित ३ जना जिल्लास्तरीय नेताको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्दै सर्वोच्चले बिनाकारण गिरफ्तार नगर्न आदेश जारी गरेको हो।

सरकारविरुद्ध विप्लव नेकपासहित ४ पार्टीको मोर्चाबन्दी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका चार राजनीतिक दलले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन्।

शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा किन तैं चुप मै चुप?

चन्दा नदिएको र सुराकी गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले शिक्षक राजेन्द्र श्रेष्ठको कायरतापूर्ण हत्या गर्दा देखिएको बौद्धिक समुदायको मौनता आश्चर्यजनक र रहस्यमय छ।

जनयुद्धको भद्दा नक्कल गरेर ‘नीतिकथाको बाँदर नबन्न’ विप्लव समूहलाई डा. भट्टराईको सुझाव

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई गलत नीति त्याग्न र सरकारलाई सार्थक वार्ता गर्न आग्रह गरेका छन्।

शिक्षक हत्याको निन्दा गर्दै विप्लवलाई कांग्रेसको अपिल : शान्तिपूर्ण बाटोमा आऊ

नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घट्नाको निन्दा र भर्त्सना गर्दैै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ।

विप्लव भन्छन् : हामी भूमिगत भएकै छैनौं, खुलामञ्चमा आउन तयार छौं

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरू भूमिगत नभएको दाबी गरेका छन्।

धुलिखेलमा विप्लव समूहका जिल्ला नेता घरबाटै पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला नेता ५४ वर्षीय मधुसुधन बजगाईंलाई काभ्रेपलाञ्चोक प्रहरीले आज पक्राउ गरेको छ।

बागबजारबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्