२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शिक्षक हत्याको निन्दा गर्दै विप्लवलाई कांग्रेसको अपिल : शान्तिपूर्ण बाटोमा आऊ

नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घट्नाको निन्दा र भर्त्सना गर्दैै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ।  

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज भएको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत ‘विप्लव’ समूहलाई अपिल गरेको छ । 

बैठकले पार्टीले यही मङ्सिर २९ गते तय गरेको देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्ने र सहभागिताका लागि सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  

कांग्रेसले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड-१९ को नियन्त्रण र उपचारमा सरकारले उदासिनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै त्यसविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने मङ्सिर १९ गते निर्णय गरेको थियो।

प्रकाशित: २५ मंसिर २०७७ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App