११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

धुलिखेलमा विप्लव समूहका जिल्ला नेता घरबाटै पक्राउ

फाइल तस्बिर : विप्लव

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला नेता ५४ वर्षीय मधुसुधन बजगाईंलाई काभ्रेपलाञ्चोक प्रहरीले आज पक्राउ गरेको छ। 

धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौर एक्लेखेतका बजगाईंलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उनका अनुसार जिल्लास्थित व्यापारी-उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जबर्जस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा बजगाईंलाई पक्राउ गरिएको हो।

खोजतलासका क्रममा आज बजगाईंकै निवासमा पुगी सोधपुछका क्रममा प्रहरी टोलीप्रति नै अपशब्द प्रयोग गरेकाले तत्कालै पक्राउ गरिएको जनाइएको छ। आफू नेकपाका जिल्ला सदस्य भई पार्टीको नीति-निर्देशनअनुसार काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धनका क्रममा बजगाईंले स्वीकारेका छन्।

बजगाईंलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए। 

प्रकाशित: २६ कार्तिक २०७७ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App