२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव सरकारसँग वार्ता गर्न तयार

फाइल तस्बिर।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ। पार्टीका महासचिव विप्लवले शनिवार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन्।

‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ८ फाल्गुन २०७७ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App