११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चुनाब सार्ने देउवाको प्रस्ताव अायोगद्वारा अस्वीकार

असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ। राजपासँग बैठक गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका नेताहरुले आयोगसँग तराईका केही जिल्लामा निर्वाचन सार्नेबारे छलफल गरेका हुन्।

चुनाव मिति सार्ने राजपाको प्रस्ताव सरकारद्वारा ठाडै अस्वीकार

संविधान संशोधनबिना चुनावमा नजाने  अडान राख्दै आएको राजपाले सरकारसँग चुनाव मिति सार्न प्रस्ताव गरेको छ। सरकारले राजपाको प्रस्ताव अस्वीकार गदै मिति सार्न नसकिने प्रस्ट पारेको छ।

आन्दोलनमा जान ठाकुरको प्रस्ताव दुवै फोरमद्वारा अस्वीकार

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तहको दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्।

स्थानीय तह थप्न आयोगको अस्वीकार

आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ। मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो।

राप्रपासँगको तालमेल मतदाताद्वारा अस्वीकार, उम्मेदवारबिनाको सूर्य चिन्हमा बढी मत

ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडामा भएको तलमेललाई मतदाताले बदर अस्वीकार गरेका छन्। एमालेले मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुलाल प्रधानलाई मतदानगर्ने सहमति अनुसार ललितपुरको उपमेयरमा एमलेले उम्मेदवार उठाएको थिएन।

मोर्चाद्वारा संविधान संशोधन विधेयक अस्वीकार, निर्वाचनमा सहभागी नहुने

सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ। मोर्चा र एमालेलाई मान्य हुने भन्दै सरकारले मंगलबार ११ बुँदे नयाँ विधेयक संसदमा दर्ता गराएको थियो।

प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्।

यौन सम्पर्क प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

यौन सम्पर्कको प्रस्तावलाई अस्वीकार गर्दा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या भएको छ।

मोर्चाद्वारा प्रतिवेदन अस्वीकार

स्थानीय निकाय पुनर्संरचना आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनलाई मधेसी मोर्चाले यथास्थितिमा स्वीकार नगर्ने जनाएको छ। आयोगले तयार पारेको खाका मधेसका लागि मान्य नभएको मोर्चाका नेताहरुले बताएका छन्।

संविधान संशोधन विधेयक रोक्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले संविधान संशोधन विधेयक अन्तरिम आदेश जारी गरी रोक्न अस्वीकार गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्की र इश्वर खतिवडाको इजालसले संसद सचिवालयमा दर्ता भएको विधेयक प्रक्रियागत रुपमा अगाडी बढ्ने भएकाले अदालतबाट आदेश जारी गर्न नपर्ने भनेको हो।

इन्धन अवरोधमा क्षतिपूर्ति दिन भारतद्वारा अस्वीकार

भारतले फेरिनेपालमा इन्धन आपूर्ति अबरोध गरे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।इन्डियन आयल कर्पोरेसन(आइओसी)ले आगामी दिनमा पेट्रोलियम पदार्थ नियमित रुपमा नदिए व्यावसायिक मान्यता अनुसार क्षतिपूर्ति दिनुपर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको हो।

‘जवरजस्ती’ ल्याउने प्रस्ताव अस्वीकार्य: अध्यक्ष ठाकुर

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनकालागि सरकारले ‘जवरजस्ती’ ल्याउने प्रस्ताव स्वीकार्य नहुने बताएका छन्। अवधी पत्रकार संघ नेपालगन्जले सोमबार गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘अहिलेसम्म हामीलाई औपचारिक रुपमा प्रस्ताव आएको छैन, प्रस्ताव आएपछि संयुक्त मधेसी मोर्चाले आफ्नो धारणा बनाउँछ।’ सञ्चार माध्यमबाट बाहिर आए जस्तो मोर्चा समक्ष प्रस्ताव नआएको उनको जिकिर छ।

मित्रताका नाममा कुठाराघात एमालेकालागि अस्वीकार्य: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन्।

अंगीकृतलाई सर्वोच्च पद अस्वीकार्य

सन् २००४ को चुनावमा अटलबिहारी बाजपेयी प्रधान मन्त्री थिए । भाजपा सत्ताको स्वाद चाख्नमै व्यस्त थियो । तर सोनिया देशभर मत बटुल्न सफल भइन् । कांग्रेससहितको युपिए गठबन्धनले २ सयभन्दा धेरै सिट जित्यो । सन् २००४ मे १६ तारिखका दिन सोनिया गान्धी गठबन्धनको नेतामा चयन भइन् । उनलाई सरकार बनाउन चाहिने बहुमत थियो । र, गठबन्धनभित्र सोनियालाई नै प्रधान मन्त्री बनाउनुपर्ने मत प्रष्ट थियो ।

‘नेपालीको समस्या समाधानमा अरुको हस्तक्षेप अस्वीकार्य’

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्