८ वैशाख २०८१ शनिबार

कोसीमा सात दिनभित्र बहुमतको नयाँ सरकार बनाउन परमादेश

सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको छ।

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचनको घोषणा

पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्।

संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने

संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले इजलास छोड्ने निर्णय

संसद विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्ने निर्णय गरेका छन्।

संसद विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ।

सबै दल सरकारमा आउनुहोसः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सबै प्रक्रिया पूरा भएर संसद विघटन भएको भन्दै त्यसको विपक्षमा देखिएको अलोकतान्त्रिक गतिविधि अप्रजातान्त्रिक रहेको बताएका छन् ।

संसद विघटन विरुद्धका १९ रिटमा प्रधानन्यायाधीश जबराले आज सुनुवाइ गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा हुने भएको छ। बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् ।

नागरिक अगुवाद्वारा संसद विघटनको निर्णय अबिलम्ब फिर्ता लिन माग

विभिन्न क्षेत्रमा क्रियाशील तीन दर्जन नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन फिर्ताको माग गरेका छन्।

संसद विघटनविरुद्ध शीतलनिवास बाहिर प्रदर्शन

संसद विघटनको विरोधमा युथ कांग्रेस नेपालले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ।

संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो।

संसद विघटनको मुद्दामा सर्वोच्चको आजै फैसला आउन सक्ने

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसलाको तयारी गरेको छ। सर्वोच्च उच्च स्रोत फैसला आजै आउन सक्ने जनाएको छ।

प्रचण्डको विश्वास: अदालतले सही फैसला गर्नेछ

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले संसद पुन:स्थपना हुने विश्वाबस व्यक्त गरे।

कांग्रेस नेता रिजाल भन्छन् : पहिले संविधानलाई 'ट्रयाक' मा ल्याउँ

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संविधानलाई 'ट्रयाक' मा ल्याएर मात्र निर्वाचनमा जानु पर्ने बताएका छन्। काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र अवसर: कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा नेता रिजालले देश चुनावमा गइसके पनि जुनसुकै बाटोबाट चुनावमा जाँदा संविधानलाई अप्ठ्यारो पर्ने बताए। 'देश चुनावमा गइसक्यो तर संविधानलाई ट्रयाकमा नल्याइ चुनावमा जाँदा अप्ठ्यारो आउँछ।

संसद पुन:स्थापना भए देशमा तमासा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विघठित संसद पुनस्र्थापना भए पुनः देशमा तमासा सुरु हुने बताएका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भयो भने प्रधानमन्त्री खोज्नुपर्ने, समीकरणमा अनेक खेल हुने, सांसद किनबेच हुने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्