निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेका निर्णयको स्वागत गरेका छन्।
उनले सामाजिक संजालमार्फत उच्चस्तरीय आर्थिक सुझाव आयोगले खारेज गर्न सिफारिश गरेका १५ वटा असान्दर्भिक ऐनहरू खारेज गर्न प्रक्रिया अगाडि बढाउने अर्थ मन्त्री डा. वाग्लेको पहिलो निर्णयले शुभारम्भको संकेत गरेको बताएका हुन् ।
'उच्चस्तरीय आर्थिक सुझाव सुझाव आयोगले खारेज गर्न सिफारिश गरेका १५ वटा असान्दर्भिक ऐनहरू खारेज गर्न प्रक्रिया अगाडि बढाउने अर्थ मन्त्री डा स्वर्णिम वाग्लेको पहिलो निर्णयले शुभारम्भको संकेत गरेको छ।', उनले लेखेका छन् ।
प्रकाशित: १३ चैत्र २०८२ १४:५७ शुक्रबार





