१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जसपामा कारबाहीको होडबाजी

केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने कि विकल्प खोज्ने भन्ने विषयलाई लिएर जसपामा उत्पन्न विवाद चर्किंदै जाँदा पार्टी नै विभाजन हुने अवस्थामा देखिएको छ। ठाकुर–महतो पक्ष ओली सरकारको पक्षमा उभिएको छ भने भट्टराई–यादव पक्ष विपक्षमा छ।

जसपा अध्यक्ष ठाकुरसहित चार नेतालाई स्पष्टीकरण

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

सत्ता स्वार्थले जसपा एकता धरापमा

यादवले भने प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने पार्टी निर्णय नभएको बताएका छन्। एमाले अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँग पेस गरेको दाबीमा ठाकुर र महतोको चिठीलाई पनि आधार मानिएको छ। ठाकुर र महतोको चिठीलाई आधार मानेर ओलीले जसपाका ३२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई

जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ।

जसपा कार्यारिणी बैठक स्थगित

कोभिडका कारण अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएका अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।

बहुमत देखाउन जसपाको दुवै पक्ष सक्रिय

बैठकमा सहभागी यादव पक्षका नेता रामसहाय यादवका अनुसार आइतबार यादव पक्षले निर्वाचन आयोग र संसद् सचिवालयमा चिठी लेखेर महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय पार्टीको नभएको जानकारी गराउने भएको छ।

जसपाका १३ सांसद दिनभर रिसोर्टमा थुनिए

त्यसपछि बैठक गर्नु पर्‍यो भन्दै आफूनिकट सासदहरूलाई उनले सूर्यविनायक नगरपालिकाको सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा पुर्‍याए। उक्त काममा एमालेका सांसद महेश बस्नेतले सहयोग पुर्‍याएको स्रोतले दाबी गर्‍यो। तर यस दाबीलाई रिसोर्ट पुगेका सांसदहरूले ठाडै अस्वीकार गरे। आफूहरू आफ्नो खुशीले रिसोर्टमा गएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

जसपामा दुई धार कायमै

जसपामा अध्यक्ष उपेन्द्र यादव समूह ओलीको विकल्पमा नयाँ गठबन्धन बनाउन सक्रिय भएको छ भने अर्का अध्यक्ष महन्थ ठाकुर यसको विपक्षमा देखिएका छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्नौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्।

जसपा तथस्ट बस्ने संकेत

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएसंगै राजनीतिक दौडधुप बढेको छ। यस अघि ठाकुर– महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमापनि आफुहरु तथस्ट बस्न सक्ने जानकारी गराएका थिए।

उपेन्द्रसँग नजिकिए महतोः जसपामा ओलीविरोधी लाइन बहुमतमा

जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् ।

बहुमत जुटाउन जसपामा दुवै पक्ष सक्रिय

दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्। दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ।

जसपासँग सम्बन्धित मुद्दा फिर्ता लिन अदालतले अनुमति दिनुपर्छ

महान्यायाधिवक्ताको कार्यालयले टीकापुर घटनासँग सम्बन्धित रेशम चौधरीविरुद्धको मुद्दा भने फिर्ता गर्न नमिल्ने बताएको छ। महान्यायाधिवक्ता बडालले टीकापुर घटनाका मुद्दामा कानुनले फिर्ता लिन, माफी मिनाहा दिन नसकिने बताए।

जसपालाई खुसी पार्न मुद्दा फिर्ता

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले मधेस आन्दोलनका क्रममा १ सय २० जनाविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी बुधबार दिए। सरकारले जसपाको मागअनुसार मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा खारेज गरेको हो।

माओवादीले जसपालाई पर्खने

मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि जनता समाजवादी पार्टी (जसपा)को निर्णय कुर्ने निर्णय गरेको हो। बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएकाले जसपाको निर्णय कुर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्