९ आश्विन २०८१ बुधबार
image/svg+xml

अपहरित अढाई वर्षे बालकको भारतबाट उद्वार

घरको आँगनमा खेलिरहेका बेला अपहरित अढाइ वर्षे बालकलाई आफन्तजनले भारतबाट उद्वार गरेका छन्। बालक प्रियान्सु यादवलाई आफन्तजनले बिहीबार भारत बिहारको खाजेडिहबाट उद्वार गरी घर ल्याएका छन्।

सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न युरोपेली युनियन सहमत

युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन्।

खोसिएको रातो रंग

विजय को रंग रातो, उर्जा र प्रेम को रंग पनि रातो । चाडपर्व ,पुजा होस् या विवाह नभै नहुने रंग हो रातो । हामी नेपालीको जीवनमा रातो रंग को विशेष स्थान छ ।

कोरोना संक्रमितको सेवा गरेर नर्सले मनाए तीज

शुक्रबार हिन्दु नेपालीको महत्वपूर्ण पर्व तीज। तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्चार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन, बरु बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो।

तीजमा सुनसान पशुपति क्षेत्र (फोटो फिचर)

कोरोना भाइरसका कारण यो पटकको हरितालिका तीज प्रभावित भएको छ। तीजको दिन देशभरका शिवालयमा व्रतालुहरुको भिड लाग्ने गर्थ्यो तर कोरोनाका कारण मन्दीरहरु सुनसान देखिए।

आज हरितालिका तीज

विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।

तीज व्रत मौलिकता र विकृति

संकल्प वाक्यमा अरूका लागि व्रत बस्ने विधान छैन र अर्काले व्रत बसिदिएर अरूको भलो हुने विषय पनि होइन ।

समृद्ध र हरित त्रियुगा अभियान सुरु

त्रियुगा नगरपालिकाको ‘हरित नगर अभियान’ कार्यक्रमअन्तर्गत बिहीबार १० हजार बिरुवा रोपिएको छ । ‘स्वस्थ, शिक्षित र उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी र समृद्ध त्रियुगा नगर’ भन्ने नाराका साथ नगरपालिकाका सबै वडामा बिरुवा रोप्ने अभियानस्वरुप वडा नं १२ को विसनपुरमा बिहीबार विभिन्न जातका १० बिरुवा रोपिएको हो ।

नृत्य प्रतियोगितामा नागार्जुन प्रथम

हरितालिका तीजको अवसरमा आयोजना गरिएको दोस्रो उपत्यकाव्यापी ‘गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’मा नागार्जुन एकेडेमी रानीवन प्रथम भएको छ। नागार्जुनले ३० हजार पुरस्करासहित उपाधि हात पारेको हो।

तीज नृत्य प्रतियोगितामा एभरेस्ट उत्कृष्ट

हरितालिका तीजको अवसरमा म्याग्दी बहुमुखी क्याम्पस र स्ववियुले आयोजना गरेको अन्तरमाविस्तरीय तेस्रो तीज नृत्य प्रतियोगितामा माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । आइतबार म्याग्दीमा आयोजित प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस दोस्रो र प्रकाश मावि तेस्रो घोषित भएका थिए ।

जगाउँदै संगिनी नाच

हिन्दु नारीहरुले हरितालिका तीजको अवसर लोपोन्मुख हुँदै गएको संगिनी नाच प्रस्तुत गरिने भएको छ। सोलुखुम्बुको तिंलाका महिलाले लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन्।

रिपब्लिका मिडियामा तीज

हरितालिका तीजको अघिल्लो दिन पारेर नेपाल रिपब्लिक मिडियाले तीज तथा दर खाने कार्यक्रम गरेको छ। आइतबार सुन्धारास्थित नेपाल रिपब्लिका मिडियाको कार्यक्रयमा आयोजित कार्यक्रममा मिडियामा आवद्ध महिला पत्रकार तथा कर्मचारीहरू भेला भई तीजको रमाइलोसँगै दरखाने कार्यक्रममा सहभागी भएका थिए।

पशुपतिसहित देशभरका शिवालयमा घुइँचो

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ।

एकैदिन तीन लाख बिरुवा रोपिएको दाबी

शुक्रबार दिउँसो सर्लाहीकै सागरनाथ वन विकास परियोजना कार्यालय परिसरमा सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रको सम्पूर्ण वन संरक्षण र सम्वद्र्धन गर्ने तथा १९५ हेक्टर खाली जमिनमा वृक्षरोपण गर्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्