३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

रिपब्लिका मिडियामा तीज

काठमाडौं – हरितालिका तीजको अघिल्लो दिन पारेर नेपाल रिपब्लिक मिडियाले तीज तथा दर खाने कार्यक्रम गरेको छ। आइतबार सुन्धारास्थित नेपाल रिपब्लिका मिडियाको कार्यक्रयमा आयोजित कार्यक्रममा मिडियामा आवद्ध महिला पत्रकार तथा कर्मचारीहरू भेला भई तीजको रमाइलोसँगै दरखाने कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले तीजलाई भड्किलो रुपमा मनाउनु भन्दा संस्कार र संस्कृतिका रुपमा मनाउनु पर्ने बताइन्। ‘महिलाहरूको पर्वको रूपमा परिभाषित तीजको अवसर पारेर हामीले दरखाने दिन भेला भइ एकअर्कासँग खुशी बाँड्न पाएका छौं। वर्षभरी व्यस्त रहने हामीले कामबाट फुर्सद निकालेर तीजको शुभकामना आदानप्रदान गर्न पाउँदा यसको महत्व बढेका महसुस गरेको छु,’ उनले भनिन्।

कार्यक्रममा रिपब्लिक मिडियाबाट प्रकाशित हुने नागरिक दैनिक, रिपब्लिका, परिवार मासिक, शुक्रबार साप्ताहिक, रेडियो नागरिकतर्फका महिला पत्रकार, कार्यालय व्यवस्थापन शाखा, मानव व्यवस्थापन, बजार शाखा, वितरण शाखालगायत विभिन्न शाखाका महिला कर्मचारीहरू तीज तथा दरखाने कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित: १६ भाद्र २०७६ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App