७ पुस २०८१ आइतबार
image/svg+xml

उपकरण जडान सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलियो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ भित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्नका लागि प्रक्रिया अघि बढाएको छ।

प्रसारण लाइन नबन्दा अर्बाैं गुमाउँदै निजी क्षेत्र

पच्चीस मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो। आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्था भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन।

जलविद्युत् आयोजनाका सामग्री तिब्बतमै रोकिए

रसुवागढी नाकाबाट आयात सहज नहुँदा माथिल्लो सान्जेन जलविद्युत् आयोजनाका सामग्री उतै रोकिएका छन्। कोभिड–१९ का कारण चीनले दैनिक पाँचवटा चिनियाँ गाडीलाई मात्र नेपालतर्फको सामान ओसार्न दिएको छ। चिनियाँ गाडीले दैनिकजसो फलफुल, रेडिमेड कपडा, जुत्ताचप्पल ल्याउँछन्। आयोजनाका सामग्री प्राथमिकतामा परेका छैनन्। जसका कारण एक वर्ष अगाडि नै आउनुपर्ने सामग्री चीनको विभिन्न स्थानमा रोकिएका छन्।

तल्लो अरूण भारतीय एसजेबिएन कम्पनीलाई

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न लगानी बोर्डको ४६औं बैंठकले सो आयोजना निर्माणको जिम्मा भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत् निगम लिमिटेड (एसजेबिएन) लाई दिने निर्णय गरेको हो।

तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि कम्पनी छनोट

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एजेभिएन लिमिटेड छनोट भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो।

चीनसँगको अन्तरदेशीय प्रसारण लाइनः नेपालतर्फ नुवाकोटको त्रिशूलीमा सबस्टेसन बन्ने

रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार त्रिशूली जलविद्युत् केन्द्रको जग्गामा सबस्टेसन निर्माणका लागि सर्भे सुरु गरिएको छ। सर्भेअन्तर्गत आयोजनाले केन्द्रको वरिपरि रहेका निजी जग्गाको सिमांकनको काम सम्पन्न गरेको छ।

जलविद्युतमा पाँच खर्ब १५ अर्ब लगानी

वैदेशिक लगानीकर्ताले एक दशकको अवधिमा नेपालको जलविद्युत् तथा इनर्जी क्षेत्रका परियोजना निर्माणका लागि पाँच खर्ब १५ अर्ब रुपैयाँ लगानी गर्नका लागि स्वीकृति लिएका छन् । वैदेशिक लगानीकर्ताले आयोजनाको लागि स्वीकृति लिएअनुसारको रकम नेपालमा भित्र्याउन भने सकेका छैनन् ।

रसुवागढी जलविद्युत् आयोजनाका १५ जनालाई कोरोना पुष्टि

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय रसुवाका अनुसार बिहीबार १५ जनामा कोरोना पुष्टि भएको हो।

टुन्डी पावरको ३५.५ मेगावाट क्षमताको राहुघाट मंगलेको शिलान्यास

म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ ।

नेपालको जलविद्युतमा लगानी गर्ने रुसको इच्छा

रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ। नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो।

रसुवागढी जलविद्युत आयोजनाः कामदारको अभावमा काम अघि बढ्न सकेन

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनामा पर्याप्त कामदार नहुँदा निर्माण कार्य प्रभावित भएको छ।

तमोर–मेवा जलविद्युतका लागि कुमारी बैंकको अगुवाइमा लगानी हुने

ताप्लेजुङमा बन्ने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले कुमारी बैंकको अगुवाइमा आयोजनाको कूल लागतको ७५ प्रतिशत ऋण लगानी सुनिश्चित गरेको जनाएको छ।

पश्चिम सेतीको दुर्दशा

विदेशी कम्पनीसँग निर्माण सम्झौता भएका ठूला जलविद्युत्आयोजनामध्ये अरुण तेस्रोबाहेक अन्य आयोजनाको निर्माण अगाडि बढ्न सकेको छैन जसमा पश्चिम सेती, माथिल्लो कर्णाली, बूढीगण्डकी जस्ता आयोजना छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्