२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिलिमेले २० प्रतिशत लाभांश वितरण गर्ने

चिलिमे जलविद्युत् कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले ५७ करोड नौ लाख ७६ हजार दुई सय ९३ रूपैयाँबराबरको बोनस र ५७ करोड नौ लाख ७६ हजार दुई सय ९३ रूपैयाँ नगद लाभांश बाँड्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ७० करोड ९७ लाख ६२ हजार नौ सय ३८ रूपैयाँ रहेको छ । प्रस्तावित लाभांश स्वीकृतिका लागि आउँदो पुस १२ गते २४ औं वार्षिक साधारणसभा बोलाएको छ । लाभांश र साधारणसभा प्रयोजनका लागि मंसिर २९ देखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।  

गत वर्ष पनि कम्पनीले २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत वितरण गरेको थियो । कम्पनीअन्तर्गत अहिले रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन र मध्येभोटेकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

प्रकाशित: १८ मंसिर २०७७ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App