७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

रसुवागढी जलविद्युत् आयोजनाका १५ जनालाई कोरोना पुष्टि

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय रसुवाका अनुसार बिहीबार १५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। जिल्लामा हालसम्म १ सय ७९ जनामा कारोना पुष्टि भएकोमा १ सय ४६ जना निको भएका छन्।  

हाल जिल्लामा ३३ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितहरू होम आइसोलेसनमा बसेका छन्। हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा ३५, आमाछोदिङ्मोमा १३, कालिकामा ५२, उत्तरगयामा ३७, नौकुण्डका २१ र बाहिरी जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जसमा गोसाइँकुण्डका १८, आमाछोदिङ्मोका ५, कालिकाका ३, उत्तरगयाका ३ र नौकुण्डका ४ जना होम आइसोलेसनमा छन्।

जिल्लामा हालसम्म १ हजार ७ सय ८३ वटा स्वाव संकलन गरिएकोमा १ हजार ५ सय ६३ नेगेटिभ र १ सय ७९ पोजेटिभ आएको थियो।

प्रकाशित: १७ पुस २०७७ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App