४ माघ २०८२ आइतबार
image/svg+xml

रौतहटका १५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदान स्थलमध्ये एक सय ५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ।

आजदेखि महिला टी-२० विश्वकप : नेपालले थाइल्यान्डसँग खेल्दै

आइतबार यी दुई टोलीबिच खेल त्रिवि क्रिकेट मैदान बिहान ९ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित कूल १० टोलीले सहभागिता जनाउने छन्।

गर्व गर्ने विश्वकप बनाउँछौं: कप्तान राेहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी ट्वान्टी विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताए।

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत र आर्थिक प्रगति ५४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ।

इरानले ट्रम्पलाई अपराधी घोषणा गर्‍यो, हिंसा भड्काएको आरोप

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले प्रदर्शनहरू अमेरिकी षड्यन्त्रको परिणाम भएको भनेका छन्। खामेनीले इरानले उक्त षड्यन्त्रको ढाड भाँचिदिएको दाबी गर्दै अब षड्यन्त्रकारीहरूलाई पनि कडा कारबाही गर्नुपर्ने स्पष्ट पारेका छन्।

इरानको विदेश मन्त्रालयले भन्योः अमेरिकी आधार शिविरमाथि ‘आक्रमणको तयारी’ छैन

इरानी विदेश मन्त्रालयको यो प्रतिक्रिया अमेरिकी विदेश विभागको एक सामाजिक सञ्जाल पोस्टपछि आएको हो।

नवलपुर-१ को प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट भागिरथ सापकोटा उम्मेदवार

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ।

अमेरिकी ‘भिसा बन्ड’ को असर

नेपाली नागरिकले अमेरिका जान अब पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको भिसा बन्ड (धरौटी) बुझाउनुपर्ने नयाँ नियम लागु भएको छ, जुन २१ जनवरी २०२६ देखि सुरु हुन्छ।

वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित युवा

जुनारखेती गरेको जमिनबाट दोहोरो आम्दानी पनि हुने गरेको छ। जुनार बगैँचाभित्र तोरी, भटमासलगायत कोसेबाली, बन्दा, काउली, मुला, साग, गाँजर, लसुन, प्याजजस्ता तरकारी बालीसमेत उत्पादन गरी थप आम्दानी लिन सकिने रामेछाप नगरपालिका–७ की किसान ज्ञानुका कार्की बताउँछिन्।

क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र

पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो।

प्रतिनिधिसभा निर्वाचन : यी क्षेत्रमा एमालेले टुंगो लगाएन उम्मेदवार (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। भने केही क्षेत्रमा टुंगो लगाउन बाँकी राखेको छ।

देउवालाई पार्टीको अभिभावक बन्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न शेरबहादुर देउवा पक्षलाई आग्रह गरेका छन्।

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेश अध्यक्ष लिलारम ढकालले महोत्सवमा चार क्विन्टल ७६ केजी मह बिक्री भएको बताए।

ग्रीनल्याण्ड विवाद : ८ युरोपेली देशमाथि ट्रम्पले लगाए १० प्रतिशत कर

हालैको सर्वेक्षणमा ८५ प्रतिशत ग्रीनल्याण्डवासी अमेरिकामा सामेल हुने कुराको विरोध गर्छन्। केवल ६ प्रतिशतले मात्र अमेरिकी शासन चाहन्छन्। उनीहरूले यो लडाइँ ग्रीनल्याण्डको मात्र नभई अन्तर्राष्ट्रिय कानून र आत्मसम्मानको रक्षाका लागि विश्वव्यापी भएको भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्