१५ मंसिर २०८१ शनिबार
image/svg+xml

एमाले उम्मेदवारलाई रेणु दाहालको भोट

चितवनमा स्थानीय तह निर्वाचनमा एकअर्का विरुद्धको मोर्चामा उभिएका एमाले र माओवादी केन्द्र अन्ततः एउटै मोर्चामा सामेल भएर चुनावी गठबन्धनको सुरुवात गरेका छन् । बुधबार भएको चितवन जिल्ला समन्वय समिति निर्वाचनमा माओवादीले एमालेका उम्मेदवारलाई मत दिएर विजयी बनाएको छ ।

कांग्रेस एक भोटले विजयी, माओवादीद्वारा पुनः मतगणनाको माग

रौतहटको गरुडा नगरपालिका-३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा १ भोटले विजय हासिल गरेको छ। कांग्रेसका उम्मेदवार कृष्णकुमार सहनीले ३०८ मत प्राप्त गरी वडाध्यक्षमा विजय हासिल गरेको हुन्।

मुसहरको बिलौना : ‘हामी त भोट खसाल्ने मेसिनमात्रै भएका छौं’

सिरहाको बरियारपट्टी गाउँपालिकाको जिझौल पश्चिम टोलमा मुसहर र पासवानको घना बस्ती छ । मुसहर जातिको कूलदेव दिनाभद्रीको मन्दिर निर्माणको योजना स्थानीयले धेरै पटक गाउँपरिषद्मा पुर्याए । तर, कहिल्यै पनि गाविस बोर्डले योजनाप्रति गम्भीर भएन । जसले गर्दा मुसहर समुदायमा आक्रोश र असन्तोष छ ।

‘भोट दिन मन छ तर नागरिकता छैन’

तिलाठी कोइलाडी–२ लौनयाकी ३५ वर्षीया विमला मरिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनिधि आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाइरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।

नागरिकता दिलाउनेलाई मुसहरको भोट

बर्दिवास १४ स्थित मुसहरबस्तीमा बसोवास गर्ने अधिकांशसँग नागरिकता छैन । नागरिकता नहुँदा यी बस्तीका तीन चौथाइ मुसहर स्थानीय तहको चुनावमा सहभागी हुनबाट वञ्चित हुने स्थिति छ ।

‘नेतालाई भोटसँग मतलब छ, लोकसँग हैन’

गत साउन २६ गते सप्तरीका विभिन्न खोलामा एकैसाथ आएको भीषण बाढीले घरखेत बगेर विस्थापित भएका पीडित अझै त्रिपालमुनि छन् । एक महिना बितिसक्दा पनि पुनस्र्थापनाका लागि राज्यबाट भरपर्दो प्रतिबद्धता आउन नसकेको उनीहरूको गुनासो छ ।

उम्मेदवार नै जान्दैनन् भोट हाल्न

मतदातामाझ भेटिएकी सुमिन्त्रादेवी पासवानले न आफू चुनाव लडेको सही वडा नम्बर बताउन सकिन् न मतदान गर्ने तरिका नै । उम्मेदवार बनेको दलको नाम सम्झन पनि उनलाई गाह्रो भयो ।

सुख-दुःखमा साथी बन्नेलाई भोट

रौतहटका मतदाताले आफ्नो पक्षमा काम गरिदिने उम्मेदवारलाई सघाउने बताउन थालेका छन् । उम्मेदवार पनि ‘हाम्रालाई भन्दा राम्रालाई भोट’ भन्न थालेका छन् । १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तहमा ८२१ पदका लागि असोज २ मा चुनाव हुँदैछ । उम्मेदवारी मनोनयनसँगै मतदातामा उत्साह देखिएको छ ।

‘नो भोट’ नहुनु, खाए खा, नखाए...

दशकौँदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व गरिरहने, शक्तिशालीहरूले आफूपछि भाइ–छोरा, पत्नी र निकट आफन्तलाई नेता बनाउने र ब्रह्मनालमा खुट्टा नतेर्सियुन्जेलसम्म कसैले पनि राजनीतिबाट सन्यास नलिने परम्परा स्थापित भएको मुलुकमा जनताले तिनै खोटा सिक्काहरूलाई कति पटक भोट दिनुपर्ने हो ?

खेलाडीका लागि भोटिङ जारी

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डमा परेका पाँच मनोनीत खेलाडीबीच भोटिङका लागि प्रतिस्पर्धा भइरहेको छ ।

आचार संहिता उलंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्तको आग्रह

असोज २ गते हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्वाचन आचार संहिता उलंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्त ईश्वरी पौडेलले मतदातालाई आग्रह गरेका छन् ।

विकासको खाका ल्याउनेलाई भोट

'राजनीतिक द्वन्द्वले यहाँबाट पुँजी मात्रै पलायन भएन, यहाँको पहिचान पनि धुमिलियो, नगरको विकाससँगसँगै पुरानो पहिचान कसरी फर्काउन सक्ने व्यक्तिलाई  भोट हाल्छौं।'

भोट नदिएको भन्दै राहतमा नाकाबन्दी

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो। तर उनले राहत पाएकी छैनन्। कारण थियो उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान। आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण राहत नदिएको उनको भनाइ छ।

जसले थापाथली र भोटेबहालमा भेटेको पाँच लाख फिर्ता दिए

काठमाडौंको सडकमा पाँच लाख रुपैयाँ हराए के होला? निश्चय नै त्यसरी पैसा हराए भेटिन्छ भन्ने आशा कमैलाई होला। सिन्धुपाल्चोकका स्थायी बासिन्दा सुजन लामाले मंगलबार त्यस्तै अनपेक्षित घटना अनुभव गर्न पाएका छन्। भैँसेपाटी बस्दै आएका उनी मंगलबार बिहान करिब ११ बजे न्युरोडबाट पैसा झोलामा हालेर मोटरसाइकलमा घरतिर लागे। घर पुगेर झोला हेर्दा त्यहाँ पाँच लाख रुपैयाँका बिटा थिएनन्। झोला रित्तै थियो। कतिखेर र कहाँ पैसा झर्‍यो उनले पत्तो पाएनन्। एकै छिन अघि बैंकबाट झिकेको पाँच लाख गुमाउनु पर्दा उनी छाँगाबाट खसेजस्तै भए।

चुनावमा जान राजपा सहमत, संविधान संशोधन विधेयक भोटिङमा लैजाने

राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय तहको निर्वाचनमा जान सहमत भएको छ। पार्टीभित्रै चुनावमा जाने नजाने अन्तरद्वन्द्व भइरहेका बेला शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीच भएको बैठकमा राजपाका शीर्ष नेताहरु चुनावमा जान सहमत भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्