भोटेकोशीको लार्चामा बेलीब्रिजको काम शुरु
साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ।
साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पुल भाँचिएपछि सडक सम्पर्क टुट्दा चार दिनदेखि नाकाबन्दीमा परेको उत्तरी तातोपानी सीमा नाका तत्काल जोड्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
चीनको तिब्बत जोड्ने तातोपानीस्थित भोटेकोशीको लार्चा पुल अविरल वर्षासँगै खसेको पहिराेले दुई टुक्रा भएको छ। पुल भत्किएसँगै तत्कालीन तातोपानी गाविसपट्टिका बासिन्दासँग जिल्लासँग एक्लिएका छन्। उनीहरु बाह्रबिसे ओर्लिन सो पुल तर्ने गर्थे।
भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् ।
'सधैं भोटका लागि मात्रै प्रयोग हुने समाजको ठूलो हिस्सा (पाकाहरु) ले अहिले आफ्नो पक्षमा काम गछर्ौं भन्ने दल र उम्मेदवार भेटेका छन्। त्यसैले हामी उत्साहित भएका छौं।'
जितपुरसिमरा उपमहानगरपालिकामा ५५ हजार सात सयको हाराहारीमा मतदाता रहेकोमा १० हजारभन्दा बढी मतदाता सुकुमबासी रहेको अनुमान छ।
बेलायतको संसदीय निर्वाचनमा नेपाली मूलका एकमात्र उम्मेदवार डा. बच्चु कैलाश कैनी पराजित भएका छन्।
दोस्रो चरणको स्थानीय तह निर्वाचनले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुलाई छपक्कै छोपेको छ। सहरदेखि गाउँसम्म चुनवाी प्रचार प्रसार फैलिँदो छ। तर मधेस आन्दोलनको क्रममा शहीद भएकाहरुको गाउँमा उम्मेदवार र दलनका नेताहरु भोट माग्न पाइला टेक्न सकेका छैनन्।
महेशपुरपतार गाउँपालिका–६, सितापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झनडाले रंगिएको छ। घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन्।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान संग्राम राईलाई चित्त बुझेको छैन । ‘मुठी खाएर मुरी उब्जाउने समय’ मा निर्वाचन मिति तोकिँदा खेतीपातीका काम गर्ने धेरै किसान भोट हाल्न नभ्याउने राईको गुनासो छ । ‘असार १४ मा तोकिएको निर्वाचनले किसानलाई असर गर्छ । त्यस बेला सबै किसान धान रोप्न व्यस्त हुन्छन्,’ डाँडाखर्क कृषि बहुउद्देश्यीय कृषि स्रोत केन्द्रका सञ्चालक रहेका राईले भने, ‘धेरैजसो त काम छाडेर भए पनि भोट हाल्न जालान् तर सबै जान्छन् भन्न सकिन्न।’
पूर्वाधार र विकल्पविना नै विभिन्न गाउँलाई खुला दिशामुक्त घोषणा गरेपछि रौतहटका विभिन्न गाउँका मतदाताले शौचालयलाई नै भोटको एजेन्डा बनाएका छन्। एनजिओहरुसित मिलेर गाउँलाई खुला दिशामुक्त घोषणा गरिएको र सर्वसाधारण गरिबले दुःख पाउन थालेपछि निमुखाहरुले चुनावको एजेन्डा यसैलाई बनाउन थालेका छन्।
स्थानीय तहको दोश्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिँदा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका युवा किसान संग्राम राईलाई चित्त बुझेको छैन।
दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा स्थानीयले उम्मेदवारसमक्ष सामाजिक तथा सार्वजनिक सम्पत्ति रक्षाको माग उठाइरहेका छन्। रौतहटको ईशनाथ गाउँपालिकाका मतदाताले ऐतिहासिक तथा धार्मिक ईशनाथ महादेवको मन्दिरको जग्गा संरक्षण गर्नेलाई मत दिने बताएका छन्।
घामपानीलाई छेक्न नसक्ने भ्वाँगा परेको छाप्रोमा बिरामीले थलिएकी छिन् गौरी सदाय (६३)। बुहारी रेखा र छ जना लालाबालासहित साँघुरो छाप्रोमा कष्टपूर्ण जिन्दगी बाँच्दै आएकी गौरी शारीरिक रूपमा कमजोर भएकी छिन्। तर, आसन्न स्थानीय तहको निर्वाचनमा भोट खसाल्ने उनको हौसला भने अझै मजबुत छ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रामा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोटो देखाइएको छ। रथजात्रामा राष्ट्रपति भण्डारी सहभागी भएर रातो मच्छिन्द्रनाथको भोटो नजर गरिन्। रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेलमा लगेको चौथो दिन भोटो देखाउने चलन छ। भोटो देखाएसँगै जात्रा सकिएको छ ।